अनियन्त्रित भई एम्बुलेन्स पल्टिएपछि...

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, १४ : ४७
अनियन्त्रित भई एम्बुलेन्स पल्टिएपछि...

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका छन् । 
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बा २० च ९७९० नम्बरको आँबुखैरेनी गोरखा भारतीय भुपु सैनिकद्वारा संचालित एम्बुलेन्स पल्टिँदा चालक तनहुँ आबुखैरेनी गाउँपालिका ३ का ५३ वर्षीय ओमराज श्रेष्ठ र यात्रु गोरखा मझुवा देउराली गाँउपालिकाका १८ वर्षीय हरि गुरुङ घाइते भएका हुन् । 
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एम्बुलेन्स आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो । 
यसैबीच, महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका १० टिकौली जंगलमा बस र कार ठोक्किँदा कारचालक खैरहनी नगरपालिका २ का ३० वर्षीय आशाराम महतो घाइते भएका छन् । गम्भीर घाइते महतोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्ववाट पश्चिमतर्फ गइरहेको ना ७ ख ८११२ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको बा १९ च ९०७५ नम्बरको कार एक आपसमा गएराति १२ः४० बजे ठोक्किँदा महतो घाइते भएका हुन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस