सुनचाँदी व्यवसायीहरु अवलोकन भ्रमण

शुक्रबार, ०३ साउन २०७६, १८ : १०
सुनचाँदी व्यवसायीहरु अवलोकन भ्रमण

चितवन । सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाबाट सुनचाँदी व्यवसायीहरु युरोपका विभिन्न देशहरुमा अवलोकन भ्रमणमा निस्केका छन् । सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाबाट २७ जना व्यवसायीहलाई गरगहना बनाउने उत्पादन मेशिनहरु अवलोकन गर्नका लागि पठाइएको युवा उद्यमी तथा भ्रमण संयोजक रुविन रामुदामुले बताउनुभयो । व्यवसायीहरु निदरल्याण्ड, फ्रान्स, जर्मन, स्वीजरल्याण्ड, बेल्जियम, लङजम्बर गरी ६ वटा देशमा अवलोकन गर्ने सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसमेत रहेको रुविनले भन्नुभयो । उहाँका अनुसार विदेशको गरगहना बनाउने तरिकाहरु सिकेर आउनेछन् । 


 

प्रतिक्रिया दिनुहोस