एमाले र नेकपा माओवादी मिलि बेनको नेकपाले पूर्णता पायो

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १९ : २४
एमाले र नेकपा माओवादी मिलि बेनको नेकपाले पूर्णता पायो

काठमाडौं । तत्कालिन एमाले र नेकपा माओवादी मिलि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्णता पाएको छ ।

मंगलबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि पार्टीले पूर्णता पाएको घोषणा गरिएको हो ।

छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलको समेत सहभागीता रहेको थियो ।

छलफलबाट केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटेको छ । नेकपा सचिवालयका अनुसार बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्नेछ ।

यो पनि
आज पार्टी एकताका बाँकी सबै काम टुंगो लाग्छ : प्रचण्ड 

प्रतिक्रिया दिनुहोस