मान्द्रो टिपीकल चुल्होको नयाँ शाखा विस्तार

शुक्रबार, २७ असार २०७६, १९ : ४७
मान्द्रो टिपीकल चुल्होको नयाँ शाखा विस्तार

चितवन । भरतपुर ओरालो लायन्सचोकबाट सेवा प्रदान गर्दैआईरहेको मान्द्रो टिपिकल चुल्होले नयाँ शाखा विस्तार गरेको छ । ९ महिना अघिबाट सेवा सुरु गरेको मान्द्रोले अर्को शाखा नारायणगढको सहिदचोक नजिकै विस्तार गरेको हो । 
‘मान्द्रो फुड एण्ड पिज्जा हाउस’ को नाममा विस्तार गरीएको शाखाबाट नयाँ परिकारसँगै थप सेवा समेत प्रदान गर्ने सञ्चालक राजन पौडेलले बताए । नयाँ शाखामा पिज्जा, बर्गर, कट्टिरोल विशेष रहने छ । विशेषगरी ईटालियन कन्टिनेन्टल रहनेछन । 
उनका अनुसार नयाँ शाखाबाट रिङरोड क्षेत्रमा फ्रि होम डेलीभरीको व्यवस्था पनि गरेको छ । ३० लाख लगानिमा विस्तार गरीएको नयाँ शाखाको उद्घाटन भने यहि असार २९ गत्ते हुने अर्का सञ्चालक प्रतिक्षा रानाभाट पौडेलले बताए । 
ओपनिङको अवसरमा ग्रहकलाई विशेष छुटको व्यवस्था पनि गरेको बताईएको छ । यसअघि राजन, प्रतिक्षा र संकर सुवेदि मिलेर मान्द्रो टिपिकल सुरु गरेका थिए भने नयाँ शाखामा नर बहादुर रानाभाट पनि सामेल भएका छन । 

प्रतिक्रिया दिनुहोस