श्रृङ्खलावद्ध आक्रमण सरकारकै निर्देशनमा भयकोहो : एमाले नेता प्रदिप ज्ञवाली

सोमबार, २७ कार्तिक २०७४, १८ : ४७
श्रृङ्खलावद्ध आक्रमण सरकारकै निर्देशनमा भयकोहो  : एमाले नेता प्रदिप ज्ञवाली

 

काठमाठौ । पछिल्लो समय राजनीतिक दलका नेताको हत्या हुनेगरी भइरहेका श्रृङ्खलाबद्ध बम आक्रमणमा सरकार एक शब्द नबोलेपछि नेकपा एमालेले गम्भिर शंका गरेको छ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राष्ट्रिय जीवनमा जिम्मेवार भूमिका निर्वाह गरिरहेका नेताहरुलाई ताकिताकी बम प्रहारहुँदा समेत सरकार एक शब्द नबोल्नु भनेको कतै सरकार स्वयं आतंकित बनाउन लागि परेको त छैन ? भन्नेमा एमालेको आशंका रहेको बताउनुभएको छ । उहाँले पछिल्लो श्रृङखलावद्ध बम आक्रमणको घोर निंदा गर्दै यसप्रति गहिरो चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुन, वहालवाला मन्त्री नि. गृहमन्त्री जनार्दन शर्मा प्रभाकर, एमाले नेता गोकुल घर्ती लगायतका नेतालाई लक्षित गरी प्रहार गरेको बम हत्या गर्ने षड्यन्त्रको भएको उहाँको दावी छ । उहाँले यो आक्रमण सींगो बामपंथी गठबन्धन माथिको आक्रमण भएको दावी समेत गर्नुभएको छ । साथै यस्ता घटनाबाट बिचलित नहुन तमाम बामगठबन्धनका नेता, कार्यकर्ता तथा मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ । यस्ता घटनालाई गम्भिरताका साथ लिएर । शान्ति सुव्यवस्था कायम गरी निर्भयको बाताबरण बनाउन सचिव ज्ञवालीले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस