कोपा अमेरिका कप : अर्जेटिनालाई हराउँदै ब्राजिल फाइनलमा

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, ०८ : ३२
कोपा अमेरिका कप : अर्जेटिनालाई हराउँदै ब्राजिल फाइनलमा

काठमाडौं । फुटबलका महाहस्ती अर्जेन्टिना र ब्राजिलको बहुप्रतिक्षित खेलमा ब्राजिलले जितेको छ । २ –० ले ब्राजिलले खेल आफनो पक्षमा पारेको हो । घरेलु मैदानमा भएको यो जितसँगै ब्राजिल फाइनलमा पुगेको छ । कोपा अमेरिकाको अर्काे सेमिफाइनल खेल चिली र पेरुबीच हुनेछ । उक्त खेल जित्नेसँग अब ब्राजिलले खेल्नेछ ।

आयोजक ब्राजिलले खेलको पहिलो हाफमा एक गोल र दोश्रो हाफमा अर्काे गोल गरेको थियो । ब्राजिलको जितका लागि ग्रावियल जेसिस र फ्रिमिनोले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस