अप्पोले भित्र्याउन लाग्यो यस्तो प्रविधि, अब कल गर्नलाई न वाइफाई चाहियो न सिम नै !

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, २० : ५३
अप्पोले भित्र्याउन लाग्यो यस्तो प्रविधि, अब कल गर्नलाई न वाइफाई चाहियो न सिम नै !

काठमाडौँ । चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याउने भएको छ ।

यस प्रविधिबाट वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यस प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ ।मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन प्रयोग गर्ने अर्को प्रयोगकर्तासँग निस्शुल्क र सुरक्षित रुपमा कुराकानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ३ किलोमिटर बीचको दुरीमा रहेको दुई अप्पो स्मार्टफोनका प्रयोगकर्ताले एक आपसमा कुराकानी गर्न सक्षम हुनेछन् । यस प्रविधिलाई धेरै भिड वा वातवरणका कुनै पनि तत्वले केही प्रकारको असर नगर्ने दाबी पनि अप्पोले गरेको छ ।

यस प्रविधिले नेटवर्क र इन्टरनेटको पहुँच नभएको स्थानमा प्रयोगकर्तालाई एकआपससँग कुराकानी गर्न सहयोग पुर्याउने दाबी अप्पोले गरेको छ ।
यस प्रविधिको लन्च मिति भने हालै सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस