भारतीय सरकारको जासुसी संस्था रअका गोटी रहेछन् ज्ञानेन्द्र शाही

भारतको लगानीमा भ्रष्टाचारविरोधी कथित अभियान, उद्देश्य रहेछ वाम सरकारको बदनाम

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १५ : ५२
भारतीय सरकारको जासुसी संस्था रअका गोटी रहेछन् ज्ञानेन्द्र शाही

काठमाडौं । विकट सुदुर पश्चिमका ज्ञानेन्द्र शाही कसरी कलिलै उमेरमा राजधानी छिरे ? कसरी कथित भ्रष्टाचारविरोधी अभियन्ताको स्वघोषित विल्ला लगाउन सफल भए ? भन्ने तथ्य पुष्टि गर्न माथिका २ फोटो काफी छन् ।

पहिलो फोटोमा शाही नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको साथमा छन । रन्जित रे नेपालका सबैभन्दा बिवादाष्पद भारतीय पूर्वराजदूत मध्ये एक हुन् । राजदूत रेले नेपालको राजनीतिक अस्थिरता र वेमेलका लागि आफू गुरु रहेर ज्ञानेन्द्र शाहीलाई चेला बनाएको स्पष्ट सन्देश यही तस्वीरले पुष्टि गर्छ ।

अर्को तस्वीरमा उनै ज्ञानेन्द्र शाही नेपाल मामलाका जानकार भारतीय विश्लेषक अशोक मेहताका साथमा छन् । त्यसमा पनि मेहताका चेलाको हाउभाउमा देखिन्छन् उनै ज्ञानेन्द्र शाही । नक्कली राष्ट्रवादी तथा भ्रष्टाचार विरोधी जामा लगाएर शाहीले नेपालको वाम सरकारलाई बदनाम गर्न कथित भ्रष्टाचार विरोधी अभियानको नौटंकी रचेको तथ्य उल्लेखित फोटो समाचारले नै स्पष्ट पार्दछ ।

नेपालको राजनीतिक अस्थिरताका लागि अहोरात्र खटने रञ्जित रे र अशोक मेहताहरुको प्यादा बनेर ज्ञानेन्द्र शाहीले वाम सरकारलाई बदनाम गर्न नै मुख्य शक्ति खर्चिरहेका छन् । वाम सरकारलाई गाली गर्नु नै आफ्नो दैनिकी बनाएका शाहीले बिभिन्न युटुव तथा अनलाईन र केवल च्यानलहरुलाई सुन्नै, हेर्नै लाज लाग्ने खालका अन्र्तवार्ताहरु दिदै आएका छन् । यदि उनका अन्र्तवार्ताहरुलाई पत्रकारिताको कसीमा राखेर हेर्ने हो भने उनले वाम सरकारको होईन, आफ्नो र मिडियाकै तेजोवध गरिरहेको तथ्य खुलस्त हुन्छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा गर्न थालेपछि ज्ञानेन्द्र शाही माथि प्रहरीले निर्ममतापूर्वक कुटपिट गरी यातना दिएको दाबी उनका समर्थकहरुले गरेका थिए । अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार गरेको खुलासा गर्दै हिडेको पाएपछि प्रहरीले शाहीलाई कुटपिट र यातना दिएको दाबीको कही कतैबाट स्वतन्त्र पुष्टि भने हुन सकेको थिएन । त्यसैले शाहीले गरेको दाबी करायो करायो दक्षिणा हरायो जस्तै भएको थियो ।

शाहीको समर्थनमा नेपालका लागि नेपाली नामक पूर्वराजावादीहरुको एक समूहले राजधानीको माईतीघरमा केही दिन प्रदर्शन गरेको थियो भने विवादाष्पद टिभी प्रश्तोता रबि लामिछानेले पनि शाहीलाई अस्पतालमा भेटन गई स्टन्ट मच्चाउन खोजेका थिए । तर शाहीको अस्पताल बसाईलाई राजनीतिक रंग दिएर सडकमा हिंसा र उत्तेजना फैलाउने उनको प्रयास सफल हुन सकेन । रबिको स्टन्टखेती खेर गयो ।

युट्युवेहरुलाई  बोकेर  आफुलाई  जवरजस्ती  चर्चामा ल्याउने  प्रपन्च  गर्दै  हिडेका  ज्ञानेन्द्र  तत्कालिन  सिके  राउतको  पहाडी  रुप  भएको बिश्लेषण  हुन  थालेको  छ ।  भारतको  आशीर्वादमा तराई  फुटाउने  खुल्ला  रुपमै  भाषण  गर्दै  हिँडेका  र सैन्य  दस्ता  समेत  तयार  पारेको  हल्ला  चलाएका राउत  राष्ट्यि  राजनितिको  मुलधारमा  आएपछि छट्पटिएको  भारतले  त्यसको  चोटले  पहाडी समुदायमा  राज्यब्यवस्था प्रति  नैरास्यता  जगाउन ज्ञानेन्द्रलाई  प्रयोग  गरेको  बिश्लेषण हुन  थालेको  छ  ।  केहि  समय  अगाडिसम्म  नामनिसानै नसुनिएका पहाडका दुलातिरै रुमलिएका शाहीले एकाएक यत्रो राज्यब्यवस्थाकै बिरुद्ध आवाज उठाउने आँट  गर्नु भारतीय  आशीर्वादको  प्रारुप  भएको  कुटनीीतक बिश्लेषकहरु बताउँछन् । 

भारतीय  गुप्तचर  संस्थाले  शाही  नामको  एक पात्रलाई  नुनतेलको  राम्रो  जोहो  गरीदिएको र  नेपाल  सरकारकै  गुप्तचर  निकाय  प्रयोग  गरी  उसलाई  आधारहिन  सरकारी  तथ्याकं  समेत  उपलब्ध गराई  चोक  चौतारामा  राज्य  ब्यवस्था बिरुद्ध  आवाज उठाउने  तागत  पैदा  गरेको  तर्क  गर्छन्  बिश्लेषकहरु ।  शाही  केहि  युट्युवे  बोकेर  कथित  भ्रष्टाचारविरोधी  अभियन्ताको  स्वघोषित  बिल्ला  लगाउँदै हिँडेका  छन्  । 

पछिल्लो  समय  केहि  सन्चारमाध्याममा  भारतीय गुप्तचर  संस्था  रअको  एजेन्टका  रुपमा  ज्ञानेन्द्रले  काम  गरेको  समाचार  समेत  आईरहेका  छन् । नेपालका  लागि  पूर्वभारतीय  राजदूत  रन्जित  रेको साथमा  उनी रहेको  फोटोहरु  समेत  सार्वजनिक भएका  छन् ।  रन्जित  रे  नेपालका  सबैभन्दा बिवादाष्पद  भारतीय  पूर्वराजदूतमध्ये  एक  हुन । राजदूत  रेले  नेपालको  राजनीतिक  अस्थिरताका  लागि  अनेक  प्रपन्च  गरेका  थिए  ।  आफनो  तागत नभएपछि  गुरु रहेर ज्ञानेन्द्र शाहीलाई चेला बनाएको स्पष्ट  सन्देश दिने खाले  तस्बिर  बाहिरिएको हो । 
त्यस्तै  नेपाल  मामलाका  जानकार  भारतीय  विश्लेषक  अशोक  मेहताका  साथमा  पनि  शाहिदेखिएका  छन् ।  त्यसमा  पनि  मेहताका  चेलाकोहाउभाउमा  ज्ञानेन्द्र  शाही  देखिन्छन् । नक्कली राष्ट्रवादी  तथा  भ्रष्टाचारविरोधी  जामा  लगाएर शाहीले  नेपालको  संघियतामाथी  प्रहार  गरी  भ्रष्टाचारविरोधी  अभियानको नाटक  गर्दै हिँडेका  छन् । नेपालको  राजनीतिक  अस्थिरताका लागि  अहोरात्र  खट्ने  रञ्जित  रे  र  अशोक  मेहताहरुको  चेलो  बनेर  सरकारको  बदनाम  गर्ने, नेपाललाई  अस्थिरतातर्फ  धकेल्ने,  संघियतालाई असफल  बनाउने  योजनामा  आफनो  पुरै  समय खर्चिएका  छन्  शाहीले ।  
बिभिन्न  युटुव  च्यानलहरुले हालेको  उनको  अन्तरवार्ताले  नेपाली  पत्रकारिता जगतमाथि  पनि  प्रश्न  उठाएको  छ। सर्वसाधारणले प्रश्न  गर्न  थालिसकेका  छन्  के  संघियतापछि बिकसित  नेपालको  पत्रकारिता  यहि  छाडा  युट्युवेहरुको  डलरको खेती  हो  या  यथार्य  र  तथ्यपरक  समाचार ?

कर्णाली  प्रदेशका  मुख्यमन्त्री  महेन्द्र  बहादुर  शाहीकोप्रदेश  सरकारले  करोडौं  भष्ट्राचार  गरेको  आधारहीन कुरा  गर्न थालेपछि  ज्ञानेन्द्र  शाहीलाई  प्रहरीले  पक्राउ  समेत  गरेको  थियो  ।  केहि  दिनपछि  छुटेका उनी  फेरि  नौटंकी  गर्दै  ताण्डव नृत्य  देखाउँदै  हिँड्न थालेका  छन्  । चितवनमा  पनि  केहि  मानिस  जम्मा  पारी  युट्युवेहरुसहित  आएका  उनले  चर्कै  चिच्चाए । जनप्रतिनिधिमाथि  प्रमाणहीन  आरोप  लगाए । नागरिकमा  भ्रम  फैलाउने  शाहीमाथी  कानुनी कारबाही गर्न  चितवनका  बासिन्दाले  माग  गरेका  छन् ।  नेपालको  कानुनले  कसैलाई  पनि  राज्य  ब्यवस्थाबिरुद्ध  भ्रम  पैदा  गर्ने  अधिकार  र  छुट  नदिएको  भन्दै शाहीलाई  जेल  हाल्नु  पर्ने  माग  चितवनवासीको  छ।  मरिचमान  सिंहको  पालादेखि  प्रतिगामी  कित्तामा लागेर  बहुदल  र  गणतन्त्र  मास्न  लागि  परेका  वरिष्ठ वकिल  भनौदाहरु  पनि अहिले शाहीलाई  काखी च्याप्न  थालेका  छन्  ।  

भारतीय  गुप्तचर  संस्था  रअका  एक  गोटी  ज्ञानेन्द्र  शाहीको  चुरी फुरी  धेरैदिन  नटिक्ने  तर्क  गर्छन् अधिकारीहरु । भर्खरै संस्थागत  हुँदै  जान थालेको  संघियता, यो  राज्यब्यवस्था  र  जनताका  आधारभुत  सेवा  प्रबाह  गर्दै जनताको  सुखदुखका  सारथी  बन्दै  जनताको  मन जित्न  कृयाशील  रहेका  स्थानीय  निकायलार्इ जनताबाट  भड्काउन  आधारहीन  अनियमियता र भ्रस्टाचारको  अमुर्त  कुरा  गरेर बदनामी  गर्ने दुस्प्रयास  गरेर  आममानिसमा  भ्रम  पैदा  गर्ने  र नेपाललाई  अस्थिर  राज्यका  रुपमा  राखिराखेर त्यसबाट  फाईदा  लुट्ने  भारतको  खेल  सफल  हुन नसकेपछि  भारतले  यस्ताखाले  पात्रहरु  प्रयोग  गरी नेपालमा  अस्तिरता  मच्चाउन  खोजेको  आमनागरिकले  समेत  महसुस  गर्न  थालेका  छन् । 

डलर  कमाउने  नाममा  मिडियाका  नाममा  भ्रम  पैदा  गरि  आतंक  मच्चाउन उद्धत  युट्युवकर्मीहरुले  यस्ता अराजक  ब्यात्तिmहरुलाई  बोकेर  राज्य ब्यवस्थामाथी नै चुनौति  सृजना  गर्न  थालेको  भन्दै  युट्युवेहरुमाथी  प्रतिबन्ध  लगाउनु  पर्ने  पनि  आवाज  उठेको  छ ।

स्थानीय निकायद्वारा भ्रष्टाचार प्रमाणित गर्न चुनौती
कथित  भ्रष्टाचारबिरोधी  अभियानको  नाममा  शाहीले भरतपुरमा हुल  जम्मा  गरेर  चितवनका  स्थानीय  निकायहरूमा  भ्रष्टाचारको जालो रहेको  भन्दै  भ्रम फैलाएको  भन्दै त्यसलाई प्रमाणित  गर्न चितवनका स्थानीय  निकायले  शाही  र  उनको  अभियानलाई चुनौती दिएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा के कति भ्रष्टाचार भएको  छ ? तथ्यसहित प्रमाणित गर्न  चुनौती दिँदै  अनावश्यक भ्रम फैलाएर ब्यवस्थामाथी बदनाम गर्ने छुट कसैलाई नभएको  बताउनु भयो । प्रमुख दाहालले आफु भ्रष्टाचार गर्ने, मोजमस्ती गर्ने मेयर नभएको भन्दै  मध्य नेपालको भरतपुरलाई सुन्दर शहर बनाउने सपना बोकेर आएको बताउनु भयो । सोही अनुरूप  काम  अगाडि बढिरहेको बताउँदै 
उहाँले भरतपुरमा आफु पनि  भ्रस्टाचार नगर्ने  र  अरूलाई पनि गर्न  नदिने बताउँदै कुनै न कुनै  स्वार्थ  बोकेर  हिँडेका कथित  अभियान्ताको  हल्लाको  पछाडि  दौडने  फूर्सद नभएको  बताउनु भयो । उहाँले तथ्यसहित  अनियमितता प्रमाणित  भए  आफु  जस्तोसुकै कारबाही  भोग्न तयार  भएको भन्दै  भरतपुरमा  कुनै पनि  प्रकारको अनियमितता  नभएको  बताउनु भयो  ।

रत्ननगर  नगरपालिकाका  प्रमुख  नारायण  वनले आधारहीन  हल्ला  चलाएर  जनता  भड्काउन  खोज्ने कथित  अभियन्तालाई कारबाही  गर्न  सरकार संग  माग गर्नुभयो  । प्रमुख  वनले  शाहीलाई तथ्यसहित प्रमाणित  गरेर  देखाउन  चुनौती समेत  दिनुभयो । उहाँले ज्ञानेन्द्र  शाहीको  कथित  अभियान  संघीयतालाई बदनाम  गर्न  खोज्ने  कथित  तत्वहरूको  योजनाबद्ध डिजाइनमा आएको  बताउँदै  शाही  र  उनको  तथाकथित  अभियान्ताहरूलाई तत्काल  कारवाही  गर्न  माग  गर्नुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालले  रातदिन नभनी नगरको  बिकास  र नगरबासिको  पिरमर्कामा  खटिइरहेका  जनप्रतिनिधीलाई बदनाम  गर्ने  छुट  कुनै  पनि अभियान्तालाई नभएको  भन्दै शहीलाई  उनले बोलेका कुरा प्रमाणित  गर्न चुनौती दिनुभयो  ।

इच्छाकामना  गाउँपालिका  प्रमुख  गीता  गुरुङले ज्ञानेन्द्र  शाही  र  उनको  अभियानले  लगाएको  आरोप हास्यास्पद  भन्दै  सडकमा  हल्ला गर्नेभन्दा  प्रमाणित  गर्न  चुनौती  दिनुभयो । उहाँले  जनताको  आशाको  केन्द्र  स्थानिय  तह  र  त्यसका प्रमुखलाई  बदनाम  गर्न  सडकमा  चलाइएको  हल्ला गम्भीर  रहेको  बताउँदै  तथ्यहीन  आरोप  लगाएर  जनप्रतिनिधिहरूको  बदनाम  गर्ने  छुट  कोही  कसैलाई नभएको  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस