जिल्ला शिक्षा विकासका प्रमुखले घुस लिएको अभियोगमा पक्राउ

रासस

मंगलबार, १० असार २०७६, २० : २८
जिल्ला शिक्षा विकासका प्रमुखले घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ ।  जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धनबहादुर वली घुस लिएको अभियोगमा पक्राउ परेका छन् । आज कार्यकक्षमै सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रङ्गेहात पक्राउ गरेको हो । 
    
शिक्षक सरुवाको विषयलाई लिएर एक शिक्षकबाट रु २५ हजार घुस लिँदै गर्दा रकमसहित उहाँलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकृत मेघनाथ सापकोटाले जानकारी दिनुभयो । प्रमुख वलीलाई सबै प्रक्रिया पूरा गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस