विप्लव कार्यकर्ताद्वारा ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, ०७ : ५९
विप्लव कार्यकर्ताद्वारा ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले  राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । 
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस