रेशम चौधरीलाई भेट्न अस्पताल पुगे सिके राउत

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, २२ : २७
रेशम चौधरीलाई भेट्न अस्पताल पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत स्वदेश फर्किलगत्तै कारागारमा बिरामी परेर उपचार गराईरहेका रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेका छन् ।  चौधरीसँगको भेटमा राउतले उनको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिएका थिए । 
कुराकानीको क्रममा चौधरीले अरु पार्टी तथा नेताहरुबाट आफ्नो आशा बिल्कुलै मरेको बताउँदै अब जनमत पार्टीले मात्रै छुटाउन सक्ने विश्वास प्रकट गरेका थिए।युरोप भ्रमणका क्रममा राउतले अष्ट्रियाको भियना विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा लण्डन विश्वविद्यालयमा प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस