यी हुन् कपाल झर्ने समस्याको रोकथामका उपाय

शनिबार, ०७ असार २०७६, ०९ : ४५
यी हुन् कपाल झर्ने समस्याको रोकथामका उपाय

 डा. धर्मेन्द्र कर्ण ,छाला तथा सौन्दर्य विशेषज्ञ धुलिखेल अस्पताल्र
काठमाडौँ । पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या  भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु रोग भने   होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउकोदुखाइ बनिरहेको छ । 
 कारण
–उमेर बढ्दै जाँदा, वंशाणुगत गुण तथा पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कपाल बिस्तारै झर्न सुरु गर्छ । 
–दैनिक काम वा अन्य कारणबाट उत्पन्न हुने तनाव, धूम्रपान/मद्यपान सेवन, अस्वस्थ खानपान तथा  रसायनयुक्त   पदार्थको प्रयोगले समेत कपाल भर्छ । 
 रोकथाम
–वंशाणुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल  झरेको भए यसलाई रोक्न गाह्रै होला । तर, अस्वस्थ   खानपान,  धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि  कुराले  कपाल झरिरहेको भए यसलाई रोक्न   सकिन्छ । स्वास्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान  नगर्ने, तनाव व्यवस्थापन  गर्ने र रसायनयुक्त पदार्थको प्रयोग   सकभर नगर्दा कपाल झर्न  कम हुन्छ । यसर्थ, यी जीवनशैली अपनाउन जरुरी छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस