नारायणी पुलबाट फेरि महिला हाम फालिन

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १४ : ४४
नारायणी पुलबाट फेरि महिला हाम फालिन

चितवन । नारायणी पुलबाट हाम फालेर फेरि एक महिला वेपत्ता भएकी छिन् । एक साताअघि पनि नारायणी पुलबाट एक युवती हाम फालेकी थिइन् । भरतपुर महानगरपालिका २१ पार्वतिपुरकी ३३ वर्षीय विमला कुमाल आज १०ः३० बजे नारायणीमा हाम फालेर वेपत्ता भएकी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पुलमा झोला राखेर उनी नारयणीमा हाम फालेकी हुन् । झोलाभित्र भेटिएको नोटमा फलानोलाई एक लाख रुपैयाँ दिन छ भनेर लेखि छोडेको भेटिएको छ । गोर्खा माइती घर भएकी विमला हेटौंडामा कार्यरत प्रहरी जवानका श्रीमती हुन् । उनको झोलाभित्र रहेको चेकका आधारमा बैंकमा सम्पर्क गरी विमलाको पहिचान गरिएको हो ।

गत जेठ ३१ गते शुक्रबार पनि नारायणीमा हाम फालेर राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा वेपत्ता भएकी थिइन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि
स्कुटरबाट झरेर नारायणीमा हाम फालिन युवती

 

प्रतिक्रिया दिनुहोस