स्कुटरबाट झरेर नारायणीमा हाम फालिन युवती

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १९ : २०
स्कुटरबाट झरेर नारायणीमा हाम फालिन युवती

चितवन । एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेर वेपत्ता भएकी छिन् । 

स्कुटर पछाडि बसेर आएकी युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुको भनाइलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । उनी पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारायणीमा हाम फालेको थिइन् । अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै गरेको जनाइएको छ । कञ्चनपुरको महेन्द्रनगर माइत घर भएकी उनी  गत फागुनमा विहे गरेर चितवन आएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस