आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै हुवावे

बुधबार, ०४ असार २०७६, २१ : ५१
आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै हुवावे

 

काठमाडौ । अमेरिकासँगको समस्यापछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरेको छ। कम्पनीले यही अगस्ट महिनामा नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्ने भएको हो।

कम्पनीले चीनमा ‘होङमेङ’ ओएसको नाममा नयाँ अपरेटिङ सिस्टम ल्याउने जनाएको छ भने अन्य देशका लागि भने ‘ओएक’ नाममा ओएस सार्वजनिक गर्ने भएको हो। रिपोर्टका अनुसार कम्पनीले सन् २०१९ को तेस्रो चौमासिक भित्रै नयाँ ओएस ल्याउनेछ। हाल कम्पनी उक्त ओएसको परीक्षणको क्रममा रहेकाले परीक्षण सफल भएसँगै यसलाई सार्वजनिक गरिने उल्लेख गरिएको छ। 

हुवावेका कन्जुमर बिजनेस सीईओ रिचार्ड यूले कम्पनीले नयाँ अपरेटिङ सिस्टम ल्याउन लागेको पुष्टि गरेका हुन्। यसअघि हुवावेले युरोपियन युनियन इन्टेलेक्चुअल प्रोपर्टीमा हुवावे आर्क ओएस, हुवावे आर्क, आर्क ओएस नाममा ट्रेडमार्कको लागि आवेदन दर्ता गरेको थियो।

अब भने कम्पनी आफ्नो देश र अन्य बजारका लागि छुट्टाछुट्टै मार्केट सेगमेन्ट गर्ने तयारीमा रहेको देखिएको छ। यसअघि गुगलले अमेरिकी सरकारसँग हुवावे डिभाइसमा रोक लगाउँदा सेक्युरिटी रिस्क हुने रिपोर्ट गरेको थियो। गुगलले हुवावे डिभाइसले नयाँ अपडेट नपाउँदा त्यसले झनै जोखिम बढाउने उल्लेख गरेको थियो। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस