खैरहनी नगरपालिकाको गाडी दुर्घटना, ७ जना कर्मचारी घाइते

बुधबार, ०४ असार २०७६, १५ : १८
खैरहनी नगरपालिकाको गाडी दुर्घटना, ७ जना कर्मचारी घाइते

चितवन । खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधवार दुर्घटनामा परेको छ । दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाइते भएका छन् । भरतपुरबाट कार्यालयतर्फ आउँदै गरेको बा १७ च ६७९७ नम्वरको नगरपालिकाको गाडीले स्कुटरलाई बचाउने क्रममा विपरित दिशाबाट जाँदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीवसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नगर शिक्षा अधिकारी पौडेल, कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे, स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव वराल, महिला तथा वालवालिका शाखाकी विमला रानाभाट, अनिता पन्त र चालक सुदामा चौधरी सवार थिए । घाइतेहरुको मेडिकल कलेज चितवनमा उपचार भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । 

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीसहितको टोलीले दुर्घटनामा घाइते भएकाहरुलाई अस्पतालमा भेट गरी स्वास्थ्य अवस्था बुझि स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटनामा नगरपालिकाको गाडीमा पूर्ण क्षति भएको छ । यसअघि पनि खैरहनी नगरपालिकाको गाडी रत्ननगर कै शान्तिचोक नजिकै दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो । २०७४ साल माघ ६ गते भएको सो दुर्घटनामा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्वर ५ का वडाध्यक्ष विश्व विजय वस्नेतको ज्यान गएको थियो । 
 

प्रतिक्रिया दिनुहोस