प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

बुधबार, ०४ असार २०७६, ११ : ४२
प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

लहान । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु भन्दै आर्थिकरूपमा अनुचित प्रभावमा पार्न खोजेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस