अब इनर्जी ड्रिंक्स र जुसको आयातमा पूर्ण प्रतिबन्ध

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, २१ : २३
अब इनर्जी ड्रिंक्स र जुसको आयातमा पूर्ण प्रतिबन्ध

काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स (जुस) को आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 
मन्त्रिपरिषदको गत जेठ १० गतेको बैठकको निर्णयको आधारमा तयार सूचनालाई आधार मानेर मन्त्रालयले व्यापार घाटा न्यूनीकरण कार्ययोजनाअनुसार यो सूचना सार्वजनिक गरेको हो । 

नयाँ व्यवस्थाअनुसार ताजा तरकारी र फलफूलको आयात गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरी मात्र आयात गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस