श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

मंगलबार, ०३ असार २०७६, ११ : २८
श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख  कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले  श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । 
सोमबार राति ९/१० बजे घरायसी झगडा हुँदा  नेपालीले श्रीमतीको घाँडी र ढाडमा  कैँची प्रहार गरेको बताइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस