नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मंगलबार, ०३ असार २०७६, १० : ४२
नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । 
 
गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।
 
उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको  प्रहरीले जनाएको  छ । दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते हुनुभएको छ । उहाँ¬को अवस्था गम्भीर रहेको छ । घाइते गिरीको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । –रासस

प्रतिक्रिया दिनुहोस