चितवनका २ व्यक्ति मृत फेला

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, २२ : १०
चितवनका २ व्यक्ति मृत फेला

चितवन । चितवनको दुई छुट्टाछुट्टै स्थानमा आईतवार २ व्यक्ति मृत फेला परेका छन । भरतपुर महानगरपालिका ४ बेल्चोकका मागीखाने अन्दाजी ८० वर्षीय वृद्ध राम प्रसाद तिवारी मृत फेला परेका हुन । 
उनी भरतपुर १५ फुलवारीमा साँझ ५ः ३० बजेको समयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्युको कारण नखुलेको जनाईएको छ । सव भरतपुर अस्पतालको सव गृहमा राखिएको प्रहरीले जनाएको छ । 
यस्तै कालिका नगरपालिका ८ निउरेनीमा सोहि स्थानका ३० वर्षीय दुर्गा बहादुर चेपाङ आइतवार साँझ पौने ७ बजे मृत फेला परेका छन । उनि यसअघिदेखि रक्तचापका विरामि रहेको परिवारलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । दिनभरी काम गरेर साँझ रक्सी पिएका कारण ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।  
 

प्रतिक्रिया दिनुहोस