Safal Khabar - कथा : ‍गँगटाको चाल
आइतबार, ०५ साउन २०७६ (Sunday, 21 July, 2019)
कथा : ‍गँगटाको चाल
आइतबार, ०१ असार २०७६, १४ : ३०
कथा : ‍गँगटाको चाल

–लोकमणि पौडेल
हिंड्दा सुस्तरी हिंड्नेमात्रै होइन धेरैजसो एकै ठाउँमा डल्लिएर बसिरहने स्वभावका कारण जनावरहरुले कछुवाको विकल्प खोजौं भन्न थालेका थिए । उसका पुर्खाले दौडमा खरायोलाई जितेको इतिहास सम्झेर अझै पनि उसलाई कतै प्रमुख अतिथि बनाइने र कतै उसैका हात बाट उद्घाटन गराइने चलन कायम थियो । यहाँसम्म कि मान्छेले छापेका पुस्तकमा समेत कछुवाकै प्रशंसा गरिएको हुन्थ्यो ।
बाँकी जनावरहरु लाई यो कत्ति पनि मन परेको थिएन । पुनस् प्रतियोगिता गराउने र कछुवा लाई हराउने बारे मा निकै विचार विमर्श भयो । बेला बेला मा जनावरहरु को टोली कछुवा को घर मा फेरि दौड प्रतियोगिता को आयोजना गर्नुपर्ने मुद्दा लिएर पुग्थ्यो । तर कछुवा जति फकाए पनि नयाँ दौड प्रतियोगिता मा भाग लिन मान्दैनथ्यो ।
समय कहाँ बाट कहाँ पुग्यो । अब कछुवा को चाल मा दौडिएर कोही विजयी हुँदैन भन्ने चेतना सबै जनावरहरु लाई थियो । ूअहिले त समय समेत यौटा गति मा दौडिएको छ । अब त समयसँग एकाकार हुन पनि दौडनै पर्छ । अझ उछिन्न पर्यो भने त सानो तिनो दौड ले पनि काम लाग्दैन ।ू बुद्धिमान् खरायो ले तर्क राख्यो ।
ूअब त दौडेर मात्र पनि हुँदैन । अर्कालाई जित्न जुक्ति समेत लगाउनु पर्ने हुन्छ ।ू बाठो फ्याउरा ले आफ्नो राय दियो ।
कछुवा लाई कुनै पनि उपाय ले फकाउने सोच लिएर जनावरहरु को टोली पुनः कछुवा को आँगन मा भेला भयो । लोखर्के ले कछुवा लाई फकाउँदै भन्यो( ूहेर कछुवा दाई, वास्तव मा एस्तो प्रतियोगिता बेला बेला मा राख्नुपर्ने हो । तर तीन शताब्दी भन्दा धेरै भइसक्यो । त्यो पनि एकपटक भन्दा बढी भएकै छैन। बरु तिमी नै रोज हामी मध्ये को सँग दौडन चाहन्छौ रु हामी उसैसँग तिमीलाई दौडने प्रबन्ध मिलाउँला ।ू
कछुवा ले नदौडी सुखै नपाउने भयो । उसले चारैतिर हेर्यो । आँफूले दौडेर जित्ने जस्तो कोही देखेन । फेरि ध्यान सँग हेर्यो । अलि पर सोझै अगाडी हिंड्न नसकेर दायाँ बायाँ गरेर हिंड्ने गँगटो मा उसका आँखा परे । गँगटो लाई त सजिलै जित्छु भन्ने भए पछि उसले आँफू गँगटो सँग दौडन पाए दौडने बतायो ।
प्रतियोगिता आयोजन भयो । गँगटो र कछुवा दौडन तयार भए । श्याल ले हरियो झण्डा उचाल्यो । ब्वाँसो ले सिठ्ठी मार्यो । कछुवा ढल्कँदै हिंड्न थाल्यो । उसका थाप्ला मा आफ्ना जिजुबाजे ले राखेको लाज जोगाउनु थियो । मनमनै सोच्यो अब इतिहास भँजाएर खाने दिन पनि गएछन् । ऊ कस्सिई कस्सिई अगाडी बढ्दै गयो । टाउको घुमाएर दायाँ बायाँ र अगाडी पछाडी हेर्यो गँगटो को कुनै अत्तो पत्तो थिएन । उसलाई आँफूले जित्ने पक्का भयो । केही बेर बिसाउने कि भन्ने पनि सोच्यो तर जिजुबाजे ले नबिसाएकै भएर जितेको कथा उसलाई कण्ठै याद थियो र कतै बिसाएन । अन्तिम रेखा पुग्न लाग्दा पनि उसले दायाँबायाँ र अगाडी पछाडी हेर्यो गँगटो कतै देखिएन। तर अचम्म कछुवा ले रेखा छुनै लाग्दा गँगटो आकाश बाट खसे झैं भुत्रुक्क अगाडी खस्यो र रेखा पार गर्यो । कछुवा हेरेको हेर्यै भयो । उसले प्रतियोगिता मा धाँधली भएको जिकिर पनि गर्यो । श्याल प्रष्ट पार्दै थियो( ूकुनै धाँधली भएको छैन। मात्र गँगटो ले चलाखी गर्यो । ऊ कछुवा ले थाहा नपाउने गरी शुरु मै कछुवा को पिठ्युँ को खबटो माथी चढ्यो र ऐनमौका मा फराल्यो । फ्याउरा ले त भनेकै थियो नि खाली दौडेर मात्रै अब जितिंदैन । जुक्ति पनि चाहिन्छ । प्रतियोगिता मा चलाखी गर्न पाइँदैन भन्न मिल्दैन ।ू
त्यो बेला देखि कछुवा को ताज गँगटो मा सर्यो । जब गँगटा को विजय को खबर मान्छेहरु का बीच फैलियो तेस पछि अर्काको बुई चढेर दौड जित्ने कला मान्छेहरु ले पनि सिके ।

प्रतिक्रिया दिनुहोस