ठोरी समन्वय समाजको स्वास्थ्य शिविरमा ३२२ जनाले गरे निशुल्क उपचार

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, ११ : १३
ठोरी समन्वय समाजको स्वास्थ्य शिविरमा ३२२ जनाले गरे निशुल्क उपचार

ठोरी । ठोरी समन्वय समाज चितवन नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ठोरी गाँउपालिका वडा नम्बर २ स्थित श्री सरस्वती माध्यमिक बिद्यालयको प्राङगणमा सम्पन्न शिविरमा ३२२ जनाले स्वास्थ्य परिक्षण गराएको समाजका अध्यक्ष चक्र बहादुर कुँवरले जानकारी दिए । ३२२ मध्य ६५ जना पुरुष र २५७ जना महिलाले स्वास्थ्य परिक्षण गराएको कुँवरले बताए ।

गाँउमै पहिलो पटक भिडियो एक्स्रे सहितको शिविर आयोजना गरिएकोले स्वास्थ्य परिक्षण गराउनेहरुको भिड लागेको उनले बताए । शिविरमा स्त्री रोग बिशेषज्ञ डा. प्रविण योगीको नेतृत्वमा गएको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा डा. योगी सँगै फिजिसियन डा. प्रयास लामिछाने, रेडियोलोजिस्ट अमित चौधरी लगायतले स्वास्थ्य परिक्षण गरेको कुँवरले जानकारी दिए । शिविरमा बिशेषगरी महिलाहरुले पाठेघर र स्तनको जाँच गराएका थिए ।

शिविरमा १५० जनाले पाठेघर सम्बन्धी जाँच गराएका थिए भने १४० जनाले युएसजी अर्थात भिडियो एक्स्रे गराएका थिए । यस्तै २२५ जनाले ओपोडी सेवा लिएको कुँवरले बताए । शिविरमा स्वास्थ्य परिक्षण गराएका गराएका मध्य १ जनामा क्यान्सर देखिएको उनले बताए ।यस्तै ७ जनामा क्यान्सरको संकेत देखिएको छ भने ५ जनाको पित्त थैलीमा पत्थरी भेटिएको छ । यस्तै ८ जनाको मृगौलामा पत्थरी तथा १ जनाको पित्त थैलीमा मासु पलाएको भेटिएको छ ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथी ठोरी गाँउपालिकाका प्रवक्त्ता एंव वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरले स्थानिय सरकारले गर्न पर्ने काम यो समाजले गरेको भन्दै प्रशंसा गरे । उनले समाज स्थापना भएको केही महिनामा नै यसले उदाहरणिय काम गरेको बताए । यस्तै उनले आवश्यक परेको खण्डमा आगामी दिनमा गाँउपालिका समाज सँग सहकार्य गरेर अघी बढ्न तयार रहेको बताए ।

ठोरी गाँउपालिकाका वडा नम्बर २ का अध्यक्ष किशोर तामाङले बामे सर्दै गरेको समाजले ठोरीमा यती ठुलो स्वास्थ्य शिविर आयोजना गरेर उदाहरण प्रस्तुत गरेको बताए । उनले भर्खर भर्खर मात्र स्थापना भएको समाजले ठोरीबासीको स्वास्थ्यलाई मध्यानजर गर्दै यती निशुल्क स्वास्थ्य शिविर गरेकोमा धन्यवादले ब्यक्त गरे । यस्तै उनले आगामी दिनमा वडा नम्बर २ र समग्र गाँउपालिका नै समाजलाई जस्तो सुकै सहयोग गर्न तयार रहने प्रतिबद्दता गरे ।

समाजका सल्लाहकार समिती सदस्य एंव श्री सरस्वती मा बिका प्रधानध्यापक केशव रेग्मीले यो किसिमको शिविर निकै आवश्यक रहेको बताए । समाजले स्थापनाको छोटो समयमा नै उदाहरणिय काम गरेको रेग्मीले बताए ।

समाजका सल्लाहकार समिती सदस्य उद्धव सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रमका समाजका अध्यक्ष चक्र बहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम समाजका संचार समिती सदस्य सुशिल पन्तले सन्चालन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस