प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको कारण भएको रहेछ राजधानीमा बम काण्ड, मुख्य सचिव रेग्मी पनि दोषी

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १४ : ३८
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको कारण भएको रहेछ राजधानीमा बम काण्ड, मुख्य सचिव रेग्मी पनि दोषी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बुझाई के छ भने मुख्य सचिव लोकदर्शन रेग्मी सरकारलाई काम नै गर्न नदिएर असफल बनाउने मिशनमा लागेका छन् । पछिल्लो पटक उनले त्यस्तै गरे । 
काठमाडौँ उपत्यकामा प्रतिबन्धित नेत्र विक्रम चन्दले विस्फोट गराउँदैछ भन्ने आयशको सूचना राष्ट्रिय अनुसन्धान विभागले मुख्य सचिव रेग्मीलाई उपलब्ध गराएको थियो । चन्दको गतिविधि बढेको र केही हतियारधारी मानिस समेत आएको हुन सक्ने उक्त विवरणमा समावेश थियो । तर मुख्य सचिव रेग्मीले सो सूचनालाई महत्व नै दिएनन् र प्रधानमन्त्रीलाई समेत कुनै जानकारी नै दिएनन् । 
उनले त्यो सूचना आफ्नो कार्यकक्षको दराजमा थन्क्याइदिए । उनका सहयोगीलाई त सो कुरा जानकारी हुने कुरै भएन । विभागले मुख्य सचिवलाई मात्रै नभई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई समेत सो सूचना उपलब्ध गराएका थिए । विभाग प्रधानमन्त्री कार्यालय मातहत आएपछि सूचना मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई विभागले दैनिक प्रतिवेदन बुझाउने गरेको छ । 
विष्णु रिमाल त ठेक्कापट्टा मिलाउने काममा व्यस्त हुनु परेका कारण विभागको सूचना थाहा पाउन सकेका थिएनन् । उनलाई कुन आयोजना कसलाई दिने, को मार्फत काम गराउने, को मार्फत बढी भन्दा बढी रकम उठाउने बाहेक अन्य विषयमा कुनै ध्यान नै छैन, जानकारहरु यसै भन्छन् । तर रिमाल भने आफूलाई खुइल्याउन लागिपरेका तत्वले यस्ता हल्ला चलाउने गरेको भन्दै पन्छन् गरेका छन् । 
विष्णु रिमाल प्रधानमन्त्रीलाई मध्यरातसम्म कथा सुनाउन जाने गर्छन् । प्रधानमन्त्रीलाई निद्रा नलागे कथा सुनाउने विशेष जिम्मेवारी पाएका रिमालले कथा सुनाउने बेलामा समेत विभागको उक्त सूचना किन सुनाएनन् भन्ने प्रश्न पनि उठेको छ । राती राती कथा सुनाउने जिम्मेवारी पाएका विष्णु रिमालले त थाहा पाएनन् नै सही । तर सरकारी कर्मचारीको मुख्य जिम्मेवार व्यक्ति रेग्मीले समेत चन्दको विस्फोटको सूचना किन पाएनन् ? किन प्रधानमन्त्रीलाई जानकारी गराएनन् भन्ने आशंका चौतर्फी रुपमा बढेको छ । 
त्यसको अर्थ उनी विस्फोट भए पनि हुन्छ, त्यसको जिम्मेवारी कर्मचारीले लिनु पर्दैन भनेर चुप बसेको हुन सक्ने पनि जानकारहरुको भनाइ छ । मुख्य सचिवको भूमिकामाथि प्रश्न उठेपछि सो विषयमा छानबिन गर्न प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र समेत रहेका गृह सचिव प्रेमकुमार राईलाई छानबीन समितिको जिम्मा दिएका छन् । सचिवले मुख्य सचिवको छानबीन कसरी गर्ने भनेर राई समेत अन्यौलमा परेको जानकारहरुको भनाइ छ । 
आफ्ना हाकिमको कसरी छानबिन गर्ने, कस्तो काम आइलाग्यो भन्दै उनी गृहमन्त्रालयमा रमाइलो मानेर बस्ने गरेका छन् । तर छानबनि सुरु भयो कि भएन भन्दै प्रधानमन्त्री स्वकीय सचिव राजेश बज्राचार्य माफर्त राईलाई दैनिक नै दबाव दिइरहेको स्रोतको दाबी छ । 
त्यसो त मुख्य सचिवलाई कारवाही गर्ने भए प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई समेत कारवाही गर्नुपर्ने माग उठेको छ । कथा सुनाउने जाने रिमालले त्यत्रो सूचना किन दिएनन् भन्दै सुरक्षा क्षेत्रका जानकारहरुले आपत्ति जनाएका छन् । विष्णु रिमाल र मुख्य सचिव रेग्मीलाई नै कारवाही गर्नुपर्ने सुरक्षा क्षेत्रका जानकारहरुको भनाइ छ । 
गृह मन्त्रालयका स्वघोषित सुरक्षा सल्लाहकार डा इन्द्रजित राई भने गृहमन्त्रीका सहयोगीले नै आफूविरुद्ध सञ्चारमाध्यममा समाचार लेखाएको भन्दै आन्तरिक छानबनि गर्न माग गरेका छन् । उनले गृहमन्त्री थापालाई आफ्नो बारेमा समाचार लेखाउनेहरुको बारेमा छानबीन गर्न र कारवाही गर्न दबाव दिएको बताइन्छ । 
राजधानीमा बम विस्फोट प्रकरणमा समेत उनले शान्ति सुरक्षा चुस्त रहेको भन्दै केही पनि गर्नु नपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापालाई कन्भिन्स गर्ने गरेका थिए । उनले आफूलाई केही जानकारी नभएको र चन्दका नेताहरुसँग आफ्नो सम्पर्क रहेको भन्दै राईले हावादारी र उडन्ते गफ गरेको बताइन्छ । त्यसो त गृह सचिव राई र इन्द्रजितको बीचमा समेत समस्या रहेको बताइन्छ । 
इन्द्रजितले गृहसचिवलाई त्यो मेरो भाइ हो, मैले भनेको जे पनि मान्छ भन्दै उडाउने गरेका छन् । सोलुखम्बुको घटनामा समेत राईले हलुका ढंगले टिप्प्णी गरेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस