क्रिकेट रंगशाला बनाउँदा चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड (भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १२ : ०१
क्रिकेट रंगशाला बनाउँदा चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड (भिडियोसहित)

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । 
प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले आवश्यक परे सरकारले पनि सहयोग गर्ने बताएका हुन् । प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘ठूला आयोजना सम्पन्न गराउने क्रममा सहयोग संकलन जे जति उठ्छ, त्यतिले नपुगे सरकारले सहयोग गर्छ ।’ 
‘केही साना समस्या आउँछन्, तर विचलित नभईकन अगाडि बढ्नुपर्छ, चाँडै अगाडि बढाउने छलफल भइसकेको छ’ अध्यक्ष प्रचण्डले भने । उनले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआप्mनो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गरे । 
उनले पछिल्लो समय आवश्यक तयारी नगरी विधेयक आउँदा विरोध भइरहेको बताएका छन् । प्रचण्डले आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले धेरै विरोध गरिरहन नपर्ने बताए । यसै सन्दर्भमा उनले मिडिया काउन्सील विधेयक आवश्यक परिमार्जन हुने आश्वासन दिएका छन् । पार्टीभित्रको मुख्य विषयमा सहमति भइसकेको भन्दै अध्यक्ष प्रचण्डले केही साना विषयलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि टुंग्याउने बताए ।

 

प्रतिक्रिया दिनुहोस