के पोर्नको बलमा टिकेको छ इन्टरनेट ?

आइतबार, २६ जेठ २०७६, १८ : ४८
के पोर्नको बलमा टिकेको छ इन्टरनेट ?

बीबीसी । इन्टरनेटबारे विगतदेखि नै एउटा अवधारणा व्याप्त छ । त्यो के भने इन्टरनेटको प्रयोग मुख्यत अन्तरङ्ग गतिविधिको लागि गरिन्छ । त्यो धारणा कत्तिको सही छ ? केही हदसम्म यसमा सत्यता नभएको होइन तर यो भनाई पुरै गलत भने होइन । 

तथ्याँकअनुसार पछिल्लो समय इन्टरनेटमा सर्च गरिने सातमध्ये एउटा विषय पोर्नको बारेमा हुन्छ । यो सामान्य कुरा होइन तर यसको मतलब यो पनि हो कि सातमध्ये ६ सर्च यसबारेमा हुँदैन ।  सबैभन्दा बढी सर्च गरिने पोर्न वेबसाइट पोर्न हब करिब करिब नेटफ्लिक्स र लिँकेडइन जति नै हेरिन्छ । यसले यो निक्कै लोकप्रिय रहेको देखाउँछ तर फेरि पनि संसारमा लोकप्रियताको मामिलामा यो २८ औं स्थानमा छ । 

सामान्य हिसाबमा नयाँ प्रविधि निक्कै महंगो र अनि न्युन विश्वसनीय हुन्छ । तिनका लागि एउटा यस्तो बजार चाहिन्छ, जसमा मानिस शिघ्र अभ्यस्त हुन सकुन् । यसले नयाँ प्रविधिको विकासमा सघाउँछ ।   जब यो सस्तो र बढी भरोसायोग्य हुन्छ तब त्यो वृहद रुपमा र अन्य क्षेत्रमा पनि प्रयोग शुरु हुन्छ । 

यही सिद्धान्तको आधारमा पोर्नोग्राफीले इन्टरनेट र योसँग जोडिएको अन्य प्रविधिको विकासमा महत्वपूर्ण भूमिका निभायो । तर के–के यो इन्टरनेटलाई अघि बढाउने हदमा प्रभावशाली रह्यो त ?  सुरुदेखि नै सेक्स कलाको एक अभिन्न अंग बनिरह्यो । प्रागऐतिहासिक गुफाका पर्खालमा मानव शरीरसँगै गुप्ताङको रेखा भेटिएका छन् ।  

अन्तरङ अवस्थामा रहेको जोडीका रेखाचित्र कम से कम ११ हजार वर्ष अघिसम्मका भेटिएका छन् ।  मेसोपोटामियामा भेटिएको ४ हजार वर्ष पुरानो टेराकोटामा महिला र पुरुषको जीवन्त अन्तरंग क्रिया देखिन्छ । 
यस्तो केही शताब्दीपछि उत्तरी पेरुमा मोशेले माटोमा यस्तै कलाकृति बनाएको भेटिन्छ । भारतको कामसुत्र यही अवधिको हो । 

कलाको विकासमा योगदान
मानिस उत्तेजक क्षणहरुलाई उतार्न पनि कलाको प्रयोग गर्थे । यसको मतलब यी प्रतिभाको विकासमा यसैको योगदान छ भन्ने पनि छैन ।  उदारणमा गुटेनवर्गको प्रिन्टिङ प्रेसलाई लिन सकिन्छ । हुनत रोमान्टिक स्वभावका पुस्तक पनि प्रकाशित हुन्थो तर ती प्रेसमा मुख्यत धार्मिक पुस्तक छापिन्थे । किनकि ती दिन मुख्यत धार्मिक पुस्तकको बजार थियो ।

यहीबीच कलाको क्षेत्रमा १९ औं शताब्दीमा विस्तारै विस्तारै फोटोग्राफीको प्रवेश भयो । ती दिन आर्ट स्टडीज नाममा पेरिसका अग्रणी स्टूडियोको निक्कै राम्रो बजार थियो ।   ग्राहकहरु यस प्रविधिको लागि धेरै पैसा तिर्न पनि तयार थिए । एक समय त यस्तो पनि थियो कि एक उत्तेजक तस्वीरको मूल्य त्यो समय एक यौनकर्मीलाई दिइने रकमभन्दा बढी थियो । 

कलात्मक अभिव्यक्तिमा त्यो बेलासम्म चलचित्र नामको एउटा ठूलो क्रान्तिकारी प्रविधिको आगमन भइसकेको थियो ।  तर फिल्म उद्योग बढ्नमा पोर्नको कुनै ठूलो हात थिएन । यसको स्वभाविक कारण थियो । फिल्मको निर्माण महङ्गो हुन्थ्यो तर त्यसले आकर्षित गर्ने विशाल दर्शकले त्यसको रकम उठाउन सक्थ्यो । 

सिनेमा मुख्यताहरु मानिस सामूहिक रुपमा हेर्ने विधा थियो । त्यसको बावजुद केही मानिसले पोर्नेग्राफि फिल्म हेर्ने पनि खर्च उठाउथें । तर सिनेमाघरमा त्यसलाई हेर्न कमैले सहज महसुस गर्थे ।

पोर्न र प्रविधिको विकास
सन् १९६० को दशकमा ‘पीप–शो बुथ’(बाइस्कोपजस्तो)को चलन सरु भयो । यसमा सिक्का हालेर फिल्म हेर्न सकिन्थ्यो ।  त्यो समय एक बुथको हप्ताको कमाई हजारौं डलरमा हुने गथ्र्यो । तर वास्तविक अर्थमा भिडियोमा पोर्नोग्राफ हेर्ने चलन ‘भिडियो क्यासेट रेकर्डर(भीसीआर)’ आएपछि व्यापक भयो ।  

लेखक प्याचन वार्स आफ्नो पुस्तक ‘द इरोटिक इन्जिन’ मा भिसिआरसँगसँगै पोर्न एक आर्थिक र प्राविधिक पावरहाउसको रुपमा उदाएको लेख्छन् । सुरुवातमा भीसीआर निक्कै महँगो थियो र दुई अलग–अलग रुपमा आउँथ्यो– भीएचएस र भिटाम्याक्सको रुपमा ।

कुनै पनि एक यस्तो उपकरणमा आम्दानीको एक ठूलो हिस्सा किन लाग्छ जुन शीघ्र पुरानो पर्नेवाला छ ?

केबल टीभी पुन इन्टरनेट
सन् १९७० को दशकका उत्तराद्धमा अधिकाँश भिडियो टेप पोर्नोग्राफीसँग सम्बन्धित थियो ।  यसको केही समय पछि, ती मानिसको लागि प्रविधि यति सस्तो भयो कि त्यो पारिवारिक फिल्म हेर्न सकिने भयो मुल्यमा पुग्यो । यस प्रकारले यसको बजारको विस्तार भयो र पोर्नको बजार खुम्चियो । 
यही कथा केबल टेलिभिजन र इन्टरनेटसँग पनि भइरहेको छ ।  सन् १९९० को दशकमा भएको एक अध्ययनबाट पत्ता लागेको छ कि त्यो समय सेयर गरिने पाँचमध्ये चार तस्विर पोर्नोग्राफीसँग जोडिएको हुने गथ्र्यो । 

केही समयपछि भएको अर्को अनुसन्धानमा पत्ता लाग्यो कि इन्टरनेट च्याट रुमको गतिविधि पनि यही अनुमानमा सेक्ससँग जोडिएको थियो । 

इन्टरनेटसँग जोडिएको प्रविधिको विका
यस अर्थमा ती दिन इन्टरनेटलाई पोर्नले थेगेको भन्दा गलत हुँदैन थियो ।  केटले भनेको जस्तो पोर्न हेर्ने चाहनाले फास्ट कनेक्सन, राम्रो मोडेम र ठूलो ब्याण्डविड्थको माग बढाउन मद्दत गर्यो । 

यसले अन्य क्षेत्रमा नयाँ खोजको लागि बाटो पनि बनायो । अनलाईन पोर्न बनाउनेहरुले बेव प्रविधिलाई पनि विकास गराए । जस्तो भिडियो फाइललाई सानो र अनलाई भुक्तानीजस्ता सेवालाई सहज बनाउने काम पोर्न उद्योगले बनाएका हुन् ।  

इन्टरनेटको मार्केटिङ प्रोग्रामजस्तो व्यावसायिक मोडेल पनि यिनको ठूलो योगदान रहेको छ ।  यी सम्पूर्ण नविन विचार धेरैभन्दा धेरैमा पहुँच हासिल गर्ने उदेश्यका साथ गरिएका थिए । र जब इन्टरनेटको विस्तार भयो, पोर्नको साटो यसमा अन्य चिजको प्रयोग पनि बढ्दै गयो । 

बरु पछिल्लो समय, व्यावसायिक पोर्नोग्राफर्सको लागि इन्टरनेटमा अफ्ठ्यारो बढिरहेको छ । जस्तो जब पत्रिका र संगित अनलाईनमा निशुल्क उपलब्ध हुन्छ भने कसले यसलाई किन्छ ? त्यसरी नै पोर्नहबजस्तो निशुल्क वेबसाइट उपलब्ध छ भने पोर्न बेच्न कठीन हुने स्वभाविक हो । 

निशुल्क पोर्नको ठूलो हिस्सा पाइरेटेड हुन्छ । गैर कानुनी तरिकाबाट अपलोड गरिएको भिडियो हटाउन निक्कै मुश्किल हुन्छ । विगतमा फोटो स्टुडियो, भीसिआर, हाई स्पिड मोडेमजस्तो टेक्लोनोजी विकास गर्न पोर्नको भूमिका भएजस्तै भावि दिनमा पनि पनि यसले नयाँ प्रविधि विकास गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस