विश्व

किन रुसी सञ्चारमाध्यम पुटिनलाई ‘भगवान’ मान्छन् ?

मंगलबार, ०९ माघ २०७४, १४ : ४३
किन रुसी सञ्चारमाध्यम पुटिनलाई ‘भगवान’ मान्छन् ?


बीबीसी । लामो समयदेखि रुसी सञ्चारमाध्यममा राष्ट्रपति भ्लादिमिर पुटिनको छविलाई एउटा जोदाहा नेताको रुपमा प्रस्तुत गरिँदै आएको छ जसले रुसलाई पश्चिमाहरुबाट जोगाए । तर, अहिले रुसी सञ्चारमाध्यममा उनको छवि भगवानको रुपमा स्थापित गरिँदै छ ।

रुसमा आगामी वर्षको मार्चमा राष्ट्रपतिको चुनाव हुँदैछ । यस्तोमा सरकारी टेलिभिजन च्यानलले उनको धार्मिक स्तुतिगान गाउँदै एउटा भगवानको रुपमा देखाउन खोजी रहेको छ, जसले देशको ऐतिहासिक मतभेदहरु मेटाएर देशलाई जोगाए र विकासको मार्गमा अग्रसर गराए ।

यस कामका लागि देशको सबैभन्दा ठूलो सरकारी च्यानल ‘रोसिया–१’ मा एउटा डकुमेन्ट्री प्रसारण गरिँदैछ । यो डकुमेन्ट्री वलाम नामक एउटा मठसँग जोडिएको छ । जुन उत्तरमा अवस्थित झिल लादोगा नजिक एउटा द्विपमा अवस्थित छ । सो झिल पुटिनको मन पर्ने स्थानमध्ये एक भएको विश्वास गरिन्छ ।

सोभियत सरकारको पालामा त्यसलाई बन्द गरिएको र हेरचाह नगरिएका कारण उक्त मत पूर्णरुपमा भत्केर भग्नावशेषमा परिणत भइसकेको थियो । डकुमेन्ट्रीका अनुसार सोभियत सङ्घ विघटनपछि यसलाई राष्ट्रपति पुटिनको सहयोगमा फेरि पूर्णरुपमा निर्माण गरिएको हो ।  

डकुमेन्ट्रीमा वलामलाई पटक–पटक रुसको ऐना भनिएको छ । सन् १९१७ मा भएको अक्टुबर क्रान्तिपछि यो मठलाई क्षति पु¥याइएको थियो र यसको पुनर्निर्माणलाई पुटिन नेतृत्वमा भएको प्रगतिको प्रतीकको रुपमा व्याख्या गरिएको छ ।

भिडियोको एउटा दृश्यमा पुटिनले सोही मठको यात्रा गरिरहेका देखाइएको छ । यहाँको भ्वाइसओभरमा के भनिएको छ भने– ‘जतिबेला महान रुसलाई त्रास फैलाइयो, वालम पनि नष्ट भयो तर यसलाई फेरि पुनर्जीवन दिइएको छ र हाम्रो देश फेरि आफ्नो खुट्टामा उभिएको छ ।

पुनर्जन्म
यो द्विपमा राष्ट्रपति पुटिनको पहिलो यात्रालाई एउटा दैविक घटनाझैँ देखाइएको छ । डकुमेन्ट्रीमा सङ्गीतको साथ पार्सवमा स्वर पनि सुनिन्छ । उक्त ठाउँमा ढुङ्गा आएर रोकियो र त्यहाँ पुटिन झुल्किन्छन् ।
मठका प्रमुख विसप पैन्क्रान्ति पुरानो कुरा सम्झन्छन्, कसरी यहाँ घुम्न आएकी एउटी सेवानिवृत्त महिलले आफ्नो आँखा मिच्दै हेर्छिन् कि यो कुनै सपना होइन, ‘यो त सत्य हो !’ र त्यसपछि यो ठाउँमा पुटिनले मठको यात्रा गरे । जङ्गलमा अवस्थित यस पवित्र मठलाई फेरि सुन्दर र राम्रो बनाइदिने छन् ।

भिडियोमा अझै एउटा कुरामा जोड दिइएको छ । त्यो हो, कसरी सोभियत शासनको बेलामा सैन्य नास्तिकता थियो र आज पुटिनको पालामा त्यो फेरि आस्थाको चरणमा फर्काएर ल्याइयो । डकुमेन्ट्रीले पुटिनले कसरी सोभियत सङ्घको पालाको शक्तिशाली रुसलाई सम्झने नागरिकहरु र क्रान्तिभन्दा पहिले धार्मिक आस्थासँग सम्बन्धित परम्पराहरुको सम्मान गर्ने नागरिकहरुलाई जोडे भनेर देखाइएको छ ।

डकुमेन्ट्रीमा पुटिन नराम्रो भन्दा नराम्रो समयमा पनि सम्झौताको बाटो थियो, किनभने दोस्रो विश्वयुद्धको चरणमा सोभियत सेनाले मठमा काम गर्ने पुरेतहरुलाई मठ छोड्नु भन्दाअघि त्यहाँबाट पवित्र अवशेषहरु लैजाने अनुमति दिएका थिए ।

त्यसपछि उनी भिडियोमा भन्छन्– ‘साम्यवाद र ‘क्रिस्चियनिटी’ एउटै जस्तो विचार हो ।’ उनी बोल्सेविक क्रान्तिका नेता लेनिनको तुलना इसाई धर्मका चर्चका पवित्र अवशेषहरुसँग गर्छन् ।

पाँचौँ स्तम्भ
यस्तै सारांश भएको अर्को एउटा डकुमेन्ट्री पनि हालै सरकारी टेलिभिजनमा देखाइएको थियो । यसमा पनि पुटिनलाई देश जोगाउने महान नेता तथा सोभियत र क्रान्तिभन्दा पहिले मानिने परम्पराबीचको समन्वयकर्ताको रुपमा पेश गरिएको थियो ।

रुसमा नयाँ वर्षको बिदाको बेला सरकारी टेलिभिजन ‘रोसिया–२४’ मा बयोवृद्ध राष्ट्रवादी एलेक्जेन्डर प्रोखानोभले बनाएको पाँच भागको एउटा कार्यक्रम प्रासारण गरिएको थियो । त्यसमा पनि रुसमा आम नागरिकको जीवनको केन्द्र सत्ता प्रतिष्ठान रहेको, जसले ऐतिहासिक रुपमा कैयौँ विपदको सामना गरेका छन् । तर हरेक पटक दैवीय हस्तक्षेप माफर्त रुसले नयाँ जीवन प्राप्त गर्यो ।

प्रोखानोभका अनुसार अक्टुबर क्रान्तिपछि यो चमत्कारको केन्द्रमा जोसेफ स्टालिन थिए, जसले एउटा नयाँ र शक्तिशाली सोभियत सङ्घको स्थापना गरेका थिए । तर त्यो शृङ्खलामा स्टालिनले गरेको मानवअधिकार उल्लङ्घनको घटनामाथि भने कुरा गरिएको छैन ।

यसपछि सोभियत सङ्घको विघटनपछि भ्लादिमिर पुटिन अर्का महान व्यक्ति थिए जसका कारण रुस आफ्नो स्वर्णीम समयमा पुग्यो ।

राष्ट्रपति चुनाव
१८ मार्चमा हुने राष्ट्रपति चुनावभन्दा ठीकअघि यो सबै महिमागान किन भइरहेको छ भने पुटिन चौथो पटक ६ वर्षका लागि राष्ट्रपति चुनावमा विजयी हुन सकून् । कम्तीमा पनि यस्ता प्रयासहरु क्रेमलिनबाट भइरहेका छन् ।

पक्कै पनि यो कुनै संयोग होइन कि वलाम डकुमेन्ट्री बनाउने र प्रदर्शन गर्ने एकजना चर्चित पत्रकार पुटिनका प्रवक्ता बनिसकेका छन् ।

पछिल्ला वर्षहरुमा भ्रष्टाचारको आरोप र जीवनस्तरमा न्यून भएका कारण मानिसहरुमा आएको असन्तुष्टी हुँदाहुँदै पनि रुसी जनताका बीच राष्ट्रिय पुनर्जीवनको कुराले निकै प्रभावकारी ढङ्गले काम गरिरहेको छ । यसका साथै सरकारी टेलिभिजनको चुनावी पूर्वानुमानमा पुटिनको पक्षमा ८० प्रतिशत समर्थन छ ।

तर क्रेमलिन अहिले पनि विजयका लागि आश्वस्त छैन । पुटिनको विरुद्ध चुनावमा भ्रष्टाचार विरोधी अलेक्सी नेवलेन्यीलाई एउटा अपराधमा अभियुक्त बनाएर चुनाव लड्नबाट वञ्चित गरिसकिएको छ । जसलाई मानिसहरुले राजनीतिक हतकण्डाको रुपमा लिइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस