अजय देवगनकी छोरी हजुरबुवाको निधन भएको भोलिपल्टै सैलुन पुगेपछि...

एजेन्सी

बुधबार, १५ जेठ २०७६, १३ : ३९
अजय देवगनकी छोरी हजुरबुवाको निधन भएको भोलिपल्टै सैलुन पुगेपछि...

बलिउड सेलिब्रिटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार हुन्छन् । अब यो सूचीमा नायक अजय देवगनकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।

सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक सैलुनमा कपाल काट्न पुगेकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार भएकी हुन् ।  

उक्त तस्बिरमा उनी खैरो कार्गो पाइन्छ, सेतो टप र सेतो स्निकर्समा क्यामरालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।
स्मरण रहोस्, अजयका पिता एवं बलिउडका चर्चित एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्तीको पनि सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस