स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी माग (हेर्नुहोस विज्ञापनसहित)

चौंथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, ०७ : ०८
स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी माग (हेर्नुहोस विज्ञापनसहित)

काठमाडौं । विगत एक वर्ष देखि लोक सेवा आयोगले रोकेको कर्मचारी दरवन्दी खुल्ला गदै स्थानीय तहमा ९ हजार वढी कर्मचारी माग गरेको छ । आयोगले आज देखि स्थानिय तहका लागि नयाँ कर्मचारी माग गरेको हो ।

नयाँ कर्मचारीका लागि बुधबार विज्ञापन आह्वान गरेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो ।

देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको संख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भए तापनि आयोगले हालका लागि ९ हजार बढीको संख्यामा मात्र भर्ना आह्वान गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार, बाँकी कर्मचारीका लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा पुनः नयाँ भर्ना प्रक्रियाद्वारा गरिनेछ । कर्मचारी समायोजनलगायतका कारण आयोगको नियमित प्रक्रियाअनुसार कर्मचारी भर्ना हुन सकेको थिएन । आयोगले चौंथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान गरेको हो ।

लोकसेवा आयोगका अनुसार यसरी भर्ना गरिएका कर्मचारीको नियुक्ति प्रक्रियादेखि सरुवा बढुवासम्मको अधिकार स्थानीय निकायलाई हुनेछ । हाल भर्ना गरिएका कर्मचारी संघ तथा प्रदेशमा जान पाउने छैनन् । अहिले समायोजनमा गएका कर्मचारी र नयाँ भर्ना गरिने कर्मचारीको व्यवस्थापनसमेत फरक हुने आयोगको भनाइ छ । स्थानीय निकायका आआफ्ना नियम कानुनअनुसार स्थानीय तहले कर्मचारीको सेवा सुविधा उपलब्ध गराउनेछन् ।

आयोगका देशभर रहेका १४ स्थानका कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहका लागि भने देशभर एकै प्रकारको पाठ्यक्रम र परीक्षा प्रणाली रहेको छ । समायोजनपछि स्थानीय तहले ठूलो मात्रामा कर्मचारी समस्या झेलिरहेका छन् । आवश्यक मात्रामा कर्मचारी नहुँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको स्थानीय तहले गुनासो गर्दै आएका छन् । यद्यपि, हाल खुलाइएको भर्ना प्रक्रियाबाट मात्र कर्मचारीको अभाव पूरा हुने नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

विज्ञापन निम्न लिंकमा हेर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस