सधैँ नयाँको सहारा

सोमबार, १३ जेठ २०७६, २१ : ३२
सधैँ नयाँको सहारा

 

काठमाडौं । हिरोइनमा कसैको स्टारडम छ भने त्यो साम्राज्ञीराज्यलक्ष्मी शाहकै छ। उनको यही स्टारडम क्यास गर्ने चक्करमा निर्माताले उनको भाउ एक लाखबाट १६ लाख पुर्‍याइसकेका छन्। तर, उनको करिअर ग्राफ हेर्ने हो भने उनलाई निर्माताले महँगो पैसा तिरिरहेका छन्, आफ्नो डुंगा डुब्नबाट जोगाउन।

साम्राज्ञीको दोस्रो फिल्म थियो, ‘ए मेरो हजुर २’। निर्मातालाई साम्राज्ञी चाहिएको कारण झरना थापाको निर्देशनमा डेब्यू थियो। त्यसपछि आयो, ‘तिमीसँग’। यहाँ पनि एड–मेकर शिशिर राणा निर्देशनमा डेब्बू गर्दै थिए। उनले पनि साम्राज्ञीलाई डेब्यू सार्थक बनाउन नै सम्झिएका थिए।

साम्राज्ञीको चौथो फिल्म ‘कायरा’ आर्यन सिग्देलसँग थियो। यहाँ पनि साम्राज्ञीले मागेको मोल पाएकी थिइन् तर जिम्मेवारी थियो, आर्यनको डुब्दो करिअर उतार्ने। पाँचौँ फिल्ममा पनि उनले त्यही गरिन्। कोरियोग्राफर टन्र्ड निर्देशक रेनशा बान्तावा राईको ‘इन्टु मिन्टु लन्डनमा’ मा पनि उनको भूमिका त्यही थियो।

हुँदा–हुँदा भर्खरै घोषणा भएको ‘रातो टीका निधारमा’ पनि उनले चर्को पैसा पाएकी छिन् तर अघोषित जिम्मेवारी छ, अशोक शर्माका छोरा अंकित शर्माको डेब्यू सार्थक बनाउने। निर्माताले त उनलाई उभ्याएर स्वार्थ पूरा गरिरहेका छन्। अनि, के साम्राज्ञी चाहिँ महँगी भएँ भनेर मात्र दंग पर्ने ? राम्रो फिल्म खेल्नुपर्देन ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस