करिष्मा मानन्धरले छाडिन समाजवादी पार्टी

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १८ : ४९
करिष्मा मानन्धरले छाडिन समाजवादी पार्टी

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् । 

चैत २३ गते तत्कालीन नयाँ शक्तिका  संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।

‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु’ अभिनेत्री करिष्माले भनिन् ‘लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’ व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ । 

करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा।बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस