नेतृत्व भनेको चाबी हो, हामीले चाबी खोलेका छौं : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १० : १३
नेतृत्व भनेको चाबी हो, हामीले चाबी खोलेका छौं : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व भनेको समाजलाई अगाडी बढाउने चाबी (कि) भएको बताएका छन् । नेतृत्व सही भयो भने समाजलाइ सय , पचास वर्षमा नयाँ दिशा तिर लैजान सक्ने भन्द्यै प्रचण्डले समाजको गति दिनका लागि आफुहरुले  चाबी खोलेको बताएका हुन् ।

कि जस्तो हो पार्टी नेतृत्व भनेको । चाबी हो नेतृत्व हामीले चाबी खोलेका छौं, यो एकतामा कसैलाई कन्फटेबल भएको छैन भने त्यो ब्यक्तिको समस्या हो, पार्टीको होइन, प्रचण्डले भने ।  

१७ औं कृष्ण सेन स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई पेरिसडाडा कार्यलयमा सम्बोधन गदै प्रचण्डले दुई पार्टी एकतामा आफुहरुले चाबी खोलेको वताएका हुन् ।

थोरै राष्टिय ब्यक्तित्वमा सेन पर्ने भन्दै प्रचण्डले सेनको सैदान्तिक निष्ठा, राजनीति प्रतिको निष्ठा वर्गीय पक्षधरताको जनमत निर्माणको हतियारको रुपमा रहेको वताए ।

सेनको आयाम वहुआयामिक ब्यक्तित्वका रुपमा रहेको स्म्रण पिन प्रचण्डले गरे । उनले भने, –‘सेन बहुआयमिक ब्यक्तित्व हुनुहुन्थ्यो । उहा असाध्यै इमान्दार, सरल ब्यक्ति हुनुहुन्थो । त्यही रुपमा इच्छुक स्थापित हुनुहुन्थ्यो । यति धेरै आयम एउटै ब्यक्तिमा संंकेन्द्रित कमै मान्छेमा हुन्छ । जुन इच्छुकमा थियो ।’

समारोह गर्ने र फुल चढाउने कुराले मात्र सेनको विचार र प्रवृतिसाग मेल नखाने भन्दै प्रचण्डले सेनवाट धेरै कुरा सिक्न सकिने वताए ।

उनले भने, –‘पत्रकारको रुपमा निर्भिकता, निष्ठाका साथ वर्गीय पक्षधरतामा खरो रुपमा उभिएको ताजा रुपमा म सेनलाई स्मरण गर्छु । भटटेडाडापछि जनादेशमा वनाईएको समाचार होस् वा अन्य राजनीतिक जनमत निर्माणमा उहाँको कलम तिखो रुपमा कुशलता र क्षमताका साथ चल्थ्यो । उहाका कविता, साहित्य, सस्मरण वर्ग दुश्मनका लागी तिर जस्तो वनेर जाने र श्रमिक वर्गका लागि पारदर्शी र निष्ठाका साथ जनमत वनाउने खालका हुन्थ्यो । म सनेलाई यो रुपमा पनि स्मरण गर्छु ।’

पाटीृभित्र विचारधारात्मक संर्घष आउँदा जहिले पनि सेनले क्रान्तिकारी वाम कित्तामा आफुलाई उभ्याउने गरेको स्मरण गदै प्रचण्डले सेनले अवसरवाद, ब्यीक्तगत पद र प्रतिष्ठाका लागि कहिल्यै मरिमेटने काम नगरेको वताए ।

सेनले आफुलाई कहिल्यै फुटको पक्षमा आफुलाई नउभ्याएको पनि प्रच्ण्डको भनाई थियो ।

समाजमा दुई थरी प्रवृति रहेको भन्दै प्रचण्डले पद पतिष्ठा का लागि मरिमेटने एउटा प्रवृति र अर्काे देश र जनताको पक्षमा उभिन चाहनेहरुको अर्काे प्रवृति सेनमा दोश्रो प्रवृति रहेको प्रचण्डले वताए ।

आफुले पार्टी केन्द्रीय समितिमा पटक पटक सेनलाई लयाउन खोज्दा पनि उनले अरुका लागि ठाउ छोडेर आफुले ल्याग गरेको पनि प्रचण्डले वताए ।

पद अरुलाई दिएपनि आफु उत्तिकै सक्रिय रुपमा पार्टी र क्रान्तिको पक्षमा सने खटिने गरेको स्मरण पनि प्रचण्डले गरे ।

अहिले पार्टीमा सवैलाई केस, पोलिटब्यूरो चाहिने, लोभी चरित्र देखिएको भन्दै उनले सेनको त्यागवाट सिक्नुपर्ने धारणा पनि प्रचण्डले राखे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने कुरामा विचारको क्षेत्रमा, जनमत निर्माणको क्षेत्रमा अझै धेरै मेहनत गर्नु पर्ने असमय अहिले पनि रहेको भन्द्य्र प्रचण्डले वैचारिक वहस गरेर विचारलाई नया ढंगले लैजानु पर्ने, राजनीतिक र रणनीतिक नारालाई अझ परिवर्तन गर्नु जरुरी रहेको धारणा राखे ।

आफुहरुको अहिलेको लक्ष्य समाजवाद प्रातिको आधार तयार पार्ने तिर नै भएको भन्दै त्यो लक्ष्य प्राप्तीमा लाग्नु पर्ने प्रचण्डले वताए ।

प्रचण्डले वर्गीय समाजमा वर्गीय पक्षधरता कम्युनिष्टहरुले छोडन नसक्ने भन्दै अहिलेको परिवर्तन र पार्टी क्एता विचार र नेतृत्व ले नै सम्भव भएको वताए । विचार र नेतृत्व विना यो सम्भव नहुने भन्दै उनले पार्टी एक्ता पनि त्यही आधारमा भएको वताए ।

पार्टी एकता असाधारण महत्व, दुरगामी महत्वको राजनीतिक परिघटना भएको भन्दै उनले पार्टी एकताका विषयमा पक्ष विपक्षमा मत, विवाद, वहस हुनसकेपनि जे निर्णय भएको छ, त्यो असाधारण भएको मै जोड दिए ।

‘हामीले जे गरयौं, असाधारण, दुरगामी र राष्टिय मात्र होइन्, अन्तराष्टिय जगतमै नया तरंग र वहस जन्माएको छ । कतिपयलाई पार्टी एकता गरेर विचार छोडयौं की भन्ने लागेको छ । प्रष्ट मान्यता, राजनीतिक कार्यदिशा सहित विचार सहितको एकता गरेका छौं ।’ प्रचण्डले भने ।  

विचारविहनि एकता र पूरानै विचारले एकता गरेको कसैलाई लागेको छ भने त्यो गलत हुने भन्दै प्रचण्डले अगाडी वडने उदेश्यले निश्चित विचार र राजनीतिक कार्यदिशा सहित पार्टी एकता भएको वताए ।

कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटा पनि सहभागी थिए ।

कार्यक्रममा कृष्ण सेन स्म्ृति पत्रकारिता पुरस्कारबाट नेकपाका नेता तथा पत्रकार सूर्य थापा र शक्ति लम्साल र तारा न्यौपानेको नाममा रहेको शक्तितारा पत्रकारिता पुरस्कारबाट पत्रकार चन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस