हेटौडामा मिनी ट्रकमा आगजनी, नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार

विप्लवको वन्दमा काहाँ के छ अवस्था ?

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, ०९ : ०३
हेटौडामा मिनी ट्रकमा आगजनी, नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार

फाईल फोटो

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको बन्द  उपत्यकामा छिटपुट प्रभाव परेपनि उपत्यका वाहिर भने ठप्पै हुने गरी प्रभाव परेको छ ।

हिजो श्रंखलावद्ध विस्फोट ब्यहोरोको काठमाडौं उपत्यकामा वन्दको प्रभाव आंशिक परेको छ ।

सडकमा सवारी साधनहरु केही पातलो देखिएपनि सूचारु भईरहेका छन् । स्कुलहरु भने प्राय वन्द भएका छन् । विद्यालयले नै विद्यालय वन्दको सूचना अभिभावनकहरुलाई पठाएका कारण स्कुलहरु भने वन्द भएका छन् ।

अघिल्ला दिनमा जस्तो वाक्लो सवारी साधान अहिले नचलेपनि क्रमशः सवारी साधनहरु भने सडकमा थपिदो क्रममा रहेको प्रहरीको भनाई छ ।

सुरक्षा ब्यवस्था कडा पारिएको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।  मुलुकका विभिन्न स्थानमा बम फेला पर्न थालेका खवर पनि आईरहेका छन् । वम फेला पर्न थालेपछि जनजीवन भने त्रसित देखिएको छ ।

काहाँ के के भयो ?
बन्दको दिन मोरङको सुन्दर हरैचामा शंकास्पद बस्तु फेला परेको छ । कुकरमा रातो कपडाले वेरिएको अबस्थामामा राखिएको बस्तु पेसरकुकर वम भएको अंशकामा नेपाली सेनाको वम डिस्फोजल टोलीले घटनास्थललाई नियन्त्रणमा लिई शंकास्पद वस्तुमाथीको अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ ।

मोरङकै बुढिगंगा गाउँपालिका १ आरती स्ट्रिप्स छेउमा पनि बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । कोशी राजमार्गमा भएको उक्त घटनाले आवतजावत ठप्प छ ।

धनकुटामा यातायातका साधन चलेका छैनन् । कोशि राजमार्ग अनर््तगको  धरान–धनकुटा सडक खण्डमा कुनै पनि सवारी साधन गुडेका छैनन् ।

मकवानपुरको हेटौंडा बजार पूरै सुनसान देखिएको छ ।

त्यहाँ कुनै सवारीसाधन नचलेको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै बन्दका कारण धादिङलगायत मुलुकका विभिन्न जिल्लामा सवारीसाधन तथा बजार प्रभावित भएका छन् । पृथ्वी राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर गाडीहरूलाई गन्तव्यमा पु‍¥याइरहेका छन् ।

भक्तपुरमा आज विहान पनि वम भेटिएको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालयनजिक फेला परेको शंकास्पद वस्तु फेला परेको हो । बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको शंकास्पद बस्तु निष्क्रिय पारेको छ ।

यस्तै हेटौंडाको बुद्धचोकनजिक प्रेसरकुकर बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले बिहान ५ बजेतिर निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारिएको छ ।

यस्तै धादिङकै नौबिसेमा शंकास्पद बस्तु फेला परेको छ। नेपाली सेनासहितका सुरक्षाकर्मीले निष्क्रिय बनाउने प्रयास गरिरहेका छन्  ।

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

अर्घाखाँचीको सन्धिखर्क्स्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको छ।

त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै विप्लव समूहले ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस