काठमाडौँमा विस्फोट: बम बनाउनेहरु आफैं बमको शिकार

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, २१ : २५
काठमाडौँमा विस्फोट: बम बनाउनेहरु आफैं बमको शिकार

काठमाडौं । राजधानीका सुकेधारा र अनामनगरमा भएको वमकाण्ड सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको कम्युनिष्ट पार्टीले गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ । प्रहरी स्रोतले जनाएअनुसार, उक्त समूहले भोलि आव्हान गरेको पूर्वसन्ध्यामा बम बनाउने सिलसिलामा विस्फोटन हुँदा विप्लव समूह समर्थित तीन जनाको मृत्यु भएको हो । उक्त स्रोतका अनुसार मृतकहरु केही समयअघि नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको वम विस्फोटन घटनामा समेत संलग्न रहेको र उनीहरु प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस