काठमाडौँमा विस्फोट: कोटेश्वरबाट ७ जना पक्राउ, मृत्यु हुनेको संख्या चार पुग्यो

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, २० : ५५
काठमाडौँमा विस्फोट: कोटेश्वरबाट ७ जना पक्राउ, मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । कोटेश्वर, नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन् ।

मृत्यु हुनेको संख्या चार पुग्यो
राजधानी काठमाडाैंकाे सुकेधारा र अनामगनरमा आइतबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस