जिल्ला प्रहरी प्रमुख भएर आउने भए प्रहरी उपरीक्षक दानबहादुर मल्ल

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १८ : ०८
जिल्ला प्रहरी प्रमुख भएर आउने भए प्रहरी उपरीक्षक दानबहादुर मल्ल

चितवन । चितवन प्रहरीले नयाँ नेतृत्व पाउने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हाल्न प्रहरी उपरीक्षक दानबहादुर मल्ल आउने भएका छन् ।
समाचार स्रोतका अनुसार जिल्लामा अहिले प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरको सरुवा भएपछि उनको ठाउँमा जिल्लाको प्रहरी कमाण्ड सम्हालन प्रहरी उपरीक्षक मल्ल आउन लागेका हुन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएर पटकपटक चितवन आएका उपरीक्षक मल्लले त्यसअघि प्रहरी निरीक्षकका रुपमा चितवनलाई कर्मथलो बनाइसकेका छन् ।
६ वर्षभन्दा बढी विशिष्ठ व्यक्तिको सुरक्षागार्ड भएर काम गरेका प्रहरी हुन् दानबहादुर मल्ल । २०५५ सालदेखि नेपाल प्रहरीमा कार्यरत मल्लले विशिष्ठ अधिकारीको सुरक्षामा खटिएका बेला गुप्तचर निकायले गर्ने काम पनि गरे । आफ्नो जिम्मेवारी सुरक्षा भए पनि विशिष्ठ व्यक्तिको सुरक्षामा खटिँदा अलि बढि चनाखो हुनु पर्ने मल्लको अनुभव छ ।

१८ जिल्लाका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकराी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी,  उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस