सुकेधारामा ग्यास सिलिण्डर पड्किँदा छ जना घाइते

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १७ : ४४
सुकेधारामा ग्यास सिलिण्डर पड्किँदा छ जना घाइते

काठमाडौं । सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर  विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 
बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए । आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस