चितवनमा एक ब्यक्ति मृत फेला, हेटौंडाबाट कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०९ : ४३
चितवनमा एक ब्यक्ति मृत फेला, हेटौंडाबाट कुकुरसहितको प्रहरी  टोली घटनास्थलमा

चितवन । चितवनमा एक ब्यक्ति सुतेकै अबस्थामा मृत फेला परेका छन । जिल्ला प्रहरि कार्यलय चितवनले दिएको जानकारी अनुसार कालिका नगरपालिका –१ डडुवाका ४८ बर्षिय कुमार सि श्रेष्ठ आफ्नै घरमा सुतेको अबस्थामा मृत फेला परेका हुन । 
घटना शंकास्पद देखिएकाले अहिले प्रहरीले घट्नास्थललाई सिल गरेर राखेको छ । हेटौंडाबाट कुकुरसहितको  प्रहरी टोली घटनास्थलमा  आइ घटनाबारे बिस्तृत अनुसन्धान सुरु गरेको छ ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा फुटेको इटा फेला परेको छ भने मृतकको शरिरमा चोटपटक भने देखिएको छैन । प्रहरिलाइ आज बिहान ७ बजे घटनाबारे जानकारी पाएपछी ७:३० बजे घटनास्थलमा पुगेर सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस