छवि–शिल्पाले बल्ल स्वीकारे सम्बन्ध

विहीबार, ०९ जेठ २०७६, १९ : ५९
छवि–शिल्पाले बल्ल स्वीकारे सम्बन्ध

 

काठमाडौं । श्रीमान्–श्रीमती स्वीकारेर सँगै बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे । 

नायिका रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा अगाडि बढाए । र, आफैँले दुवै नजिक भएको सूचना चुहाए । फिल्म क्षेत्रका अधिकांश दुवैको सम्बन्धबारे जानकार थिए तर सधैँ प्रेमी–प्रेमिकाको रुपमा मात्रै परिचय दिए । 

लुसुक्क आफन्तहरु बोलाएर विवाह गरे । कन्यादान दिने व्यक्तिको नाम खुल्यो । सीमित व्यक्तिले पाए पनि दुवैको विवाहको तस्बिर समेत बाहिरिएको थियो । तापनि ‘विवाहबारे सोच्दैछौं’ भनेर मुर्ख बनाउने प्रयास गरिरहे । ओझाकी पूर्वपत्नी थापाले आफ्नो डिभोर्स भइसकेको र शिल्पासँग विवाह गरिसकेको व्यक्तिसँग आफ्नो नाम नजोड्न सार्वजनिक रुपमै आग्रह गरिन् सञ्चारकर्मीलाई तापनि ओझा दम्पतिले स्वीकारेनन् ।
दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे नबोलेको भए चासो हुने कुरै थिएन ।

विवाह गरेर पनि विवाह गर्ने सोच छ भनेर ढाँटिरहेपछि शुक्रवारले एक वर्षअघि दुवैको विवाहको फेहरिस्त खोलिदिएपछि भने विवाहबारे सार्वजनिक रुपमा बोल्न छाडेका थिए । 

सत्य कतिदिन लुक्न सक्थ्यो र ! आखिरमा ओझा आफैंले सामाजिक सञ्जालमा शिल्पासँगको तस्बिर राखेर सम्बन्ध स्वीकार्दैै अंग्रेजीमा लेखे, ‘मेरो जिन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’
ठीकै छ त, ढिलै भए पनि स्वीकार्नु राम्रो कुरा हो । भावि यात्रा सुखद् होस् दुवैको । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस