पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र भारतीय गायक सनम पुरी प्रेममा

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १५ : ३८
पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र भारतीय गायक सनम पुरी प्रेममा

काठमाडौं । सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् ।

अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

https://www.instagram.com/p/BxxKDcigaIZ/?utm_source=ig_embed

यसका साथै गायक सनम पुरीले पनि अश्मिसँगको आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा पोष्ट गरेका छन् ।
प्रशंसकले उनीहरुको उक्त तस्बिरलाई निकै प्रशंसा गर्दै शुभकामना दिएका छन् ।
सनम पुरी विशेषतः पुराना गीतको कभरका लागि चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।

https://www.instagram.com/p/BxxKEymj0Mp/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस