बजेट अगाडी नेकपाको पोलिटब्यूरो नबन्ने

कार्यविभाजन मात्र गरेर जाने की पोलिटब्यूरो पनि सँगै बनाएर जाने भन्नेमा नेकपाभित्र नयाँ बहस शुरु

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ०७ : ०२
बजेट अगाडी नेकपाको पोलिटब्यूरो नबन्ने

काठमाडौं । नेकपामा पोलिटब्यूरो आज बन्छ, भोलि बन्छ भनेको पनि धेरै भयो । पार्टी शीर्ष नेताहरुले पोलिटब्यूरोको गठनको कस्सिएर गृहकार्य गरेकै पनि झण्डै ढेड महिना बितिसकेको छ ।

सञ्चारमाध्यमहरुमा अनुमानका आधारमा नामहरु पनि बेला बेला प्रकाशित भए । तर अध्यक्षद्दयले नै उक्त सूचि अन्तिम नभएको भन्दै बेला–बेला प्रष्टिकरण पनि दिईरहेका छन् ।

२ जेठको सचिवालय वैठकले नै पोलिटब्यूरो गठन गर्ने भनिएपनि अन्तिममा ५ गते सचिवालय वैठक बोलाएर निर्णय लिने नेताहरुले बताएका थिए ।

तर ५ वैशाखमा दुई दुई पटक वैठक बोलाउँदै अन्तिममा स्थगित सचिवालय वैठक अव कहिले ? नेताहरुले नै टुंगो लगाउन सकेका छैनन ।

‘मिति टुंग्ग्गिएको छैन, अध्यक्षहरु गृहकार्यमै हुनुहुन्छ, केही दिनपछि सचिवालयको वैठक वस्छ,’ नेकपा महासचिव विष्णु पौडेलले सफल खवरसँग भने,–‘त्यसपछि मात्र पोलिटब्यूरो गठन र कार्यविभाजनका विषयमा एउटा निर्णयमा पुगिन्छ ।’ उनका अनुसार नेताहरुले अझै यो विषयमा गृहकार्य टुग्याएका छैनन । गृहकार्य टुंग्गिने वित्तिकै सचिवालय वैठक वोलाउने समझदारी नेताहरुका वीचमा भएको छ ।

हिजो वुधबार पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्री निवास वालुवाटारमा झण्डै तीन घण्टा वान अन वान वार्ता भएको थियो । तर त्यो वैठक वजेट केन्द्रीत भएको महासचिव पौडेलले वताए । ‘सरकार वजेटको अन्तिम तयारीमा छ । त्यही भएर पनि उहाँहरु वजेट केन्द्रीत भएर छलफलमा वस्नुभएको हो, नेताहरुको भेट भएपछि राष्टिय राजनीतिमा पनि छलफल भईहाल्छ, केही समसामायिक राजनीति, पार्टी नेताहरुको कार्यविभाजन र पोलिटब्यूरो गठनमा पनि केही छलफल स्वभाविक रुपमा भए होलान्,’ दुई अध्यक्षको वान अन वान वार्तापछि अन्तिममा वालुवाटार छलफलमा सहभागी महासचिव पौडेलले भने ।

तर नेकपाकै अर्का एक सचिवालय सदस्यले भने पोलिटब्यूरो गठन गर्दा तत्काल पार्टीभित्र देखा पर्ने असन्तुष्टिलाई मध्यनजर गरेर केही समय यो विषयलाई थाती गरेर जाने की भन्नेमा पनि शीर्ष नेताहरुका वीचमा छलफल चलेको छ । ‘पोलिटब्यूरो गठन त हुन्छ, तर केही समय पछि गर्ने की भन्ने पनि एउटा सोच छ,’ ति नेताले नाम उल्लेख नगर्ने शर्तमा सफल खवरसँग भने,–‘कार्यविभाजन मात्र अहिले गरेर पछि पोलिटब्यूरो वनाउने की सँगसँगै गरेर जाने भन्नेमा निर्णय भईसकेको छैन ।’

वरिष्ठ नेता माधव नेपाल पक्षले भने पहिले पोलटब्यूरो गठन गरेर कार्यविभाजन गर्दा उपयुक्त हुने धारणा राख्दै आएका छन् । तर पोलिटब्यरोलाई नै केन्द्रीत गरेर नै नेताहरुको कार्यविभाजन हुने तर नाम मात्र अहिले तत्काल सार्वजनिक गरि नहाल्ने हो की भन्ने गरी छलफल वढेको पनि स्रोतले वतायो ।

गत वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रम र वजेटमा पार्टीभित्र छलफल नभएको भन्दै नेताहरुले असन्तुष्टि पोखेपछि अव भने सचिवालय वैठक राखेर वजेटमा केन्द्रीत छलफल अर्थमन्त्रीसमेतलाई वोलाई गर्ने विषयमा पनि नेताहरुका वीचमा छलफल छ ।

संविधान अनुसार नै वजेट १५ जेठमा सरकारले सदनमा प्रस्तुत गर्नुपर्नेछ । वजेट आउन अव मात्र ६ दिन वाकी रहेकोले पनि नेताहरुले वजेट प्रस्तुत गरेपछि मात्र पोलिटब्यूरो गठन र कार्यविभाजनका विषयमा निर्णय गर्ने तिर शीर्ष नेताहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस