नेपालगन्जबाट सुरु भयो ‘अक्सिजन र नाइट्रोजन ग्यास’ उत्पादन

पत्रपत्रिकाबाट

मंगलबार, ०९ माघ २०७४, ०६ : ५७
नेपालगन्जबाट सुरु भयो ‘अक्सिजन र नाइट्रोजन ग्यास’ उत्पादन

नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त ‘अक्सिजन ग्यास प्लान्ट’ उद्योगले अक्सिजन ग्यासको उत्पादन सुरु गरेको छ । ग्यास प्लान्टबाट ४७ लिटर क्षमताको १ हजार सिलिण्डर अक्सिजन ग्यास दैनिक उत्पादन हुनेछ । भने, दैनिक १ हजार २ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन गर्ने क्षमता रहेको रहेको ग्यास कम्पनीको दाबी छ । यस्तै, ग्यास उद्योगबाट प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्ट करिब १० करोड रुपैयाँ लागतमा निर्माण भएको कम्पनीले जनाएको छ । प्लान्ट स्थापनासँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन, नाइट्रोजन ग्यास र लिक्विड सहजै प्रवाह हुने एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिका संचालक गौरव कुमार श्रेष्ठले जानकारी दिए ।

उनले बढ्दो जनसंख्याको चाप, विरामीको चाप, उद्योग–कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजारका आवश्यकता मध्यनजर गरि उद्योग संचालनमा ल्याएको बताए । उनले काठमाडौं बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको बताए । नयाँ पत्रिकाबाट

बाँकेका युवा व्यवसायीहरु सम्मिलित ग्यास उद्योगमा हरिओम ग्रुपको लगानी रहेको र एचओ अक्सिजन इन्डष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट भएको श्रेष्ठले दाबी गरे । ‘पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउन उद्योग सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस