बलिउडकी चर्चित गायिका नेहा कक्कडले काठमाडौंमा प्रस्तुती दिने

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, १७ : २४
बलिउडकी चर्चित गायिका नेहा कक्कडले काठमाडौंमा प्रस्तुती दिने

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा उनी लाइभ कन्सर्टमा प्रस्तसत हुन लागेकी हुन् । 

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलले कन्सर्टका लागि गायिका नेहा २४ गते शुक्रबारनै आफ्ना ब्याण्डका संगीतकर्मी सहित काठमाडौं आउनेछिन् ।

यो संस्थाले यस अगाडि गायक कुमार सानुलाई ल्याएर सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 

को हुन् नेहा कक्कड ?
‘ईन्डियन आईडल सिजन–२’ मार्फत प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा प्रारम्भ गर्ने गायिका हुन् नेहा कक्कड । उक्त प्रतियोगिताको सहभागितासँगै कक्कडका बलिउड यात्रा समेत प्रारम्भ भएको थियो ।   सांगीतिक परिवारमा हुर्किएकी कक्कडले पछि इन्डियन आईडल सिजन–१० मा निर्णायकको रुपमा समेत रहिन् । त्यसबाहेक उनले सारेगमपसहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको रुपमा सहभागिता जनाइसकेकी छिन् ।

सन् २००८ मै पहिलो एल्बम रक स्टार सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छिन् । इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आँख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर, सावान आया है, धटिङ नाच, लण्डन थुमक्डा, दो पेग मार जस्ता उनका गीत हिट छन् । 

प्रतिक्रिया दिनुहोस