ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले माफी मागे

एजेन्सी

मंगलबार, ०७ जेठ २०७६, १६ : २०
ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले माफी मागे

विवेक ओबरोयले ऐश्वर्या राय बच्चनमाथि विवादित ट्वीटको विषयमा अन्ततः माफी मागेका छन् । वास्तवमा, एग्जिट पोलपछि एक मिम भाइरल भएको थियो जसलाई विवेकले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए । यो मिममा तीन तस्बिर थिए । एक तस्बिरमा ऐश्वर्या सलमानसँग देखिएकी छिन् । एकमा विवेकसँग र तेस्रोमा अभिषेक र छोरी आराध्यासँग देखिएकी छिन् ।

यो तस्बिरलाई उनले हल्का, फुल्का मुडमा नै सेयर गरेका थिए तर सोसल मिडिया प्रयोगकर्तालाई उनले सेयर गरेको मिम चित्त बुझेन ।

यसलाई एक महिलाको अपमान बताइँदै विरोध गरियो । सुरुमा त विवेक आफ्नो बचाउ गरिरहेका थिए । उनले यसले कसैको भावना आहत भएको जस्तो नलागेको बताएका थिए । उनले आफूले गल्ती नै नगरेका कारण माफी नमाग्ने पनि बताएका थिए । तर सायद उनलाई आफ्नो गल्तीको महसुस भयो होला त्यसकारण उनले सोसल मिडियामा माफी मागेका छन् ।

 

Even if one woman is offended by my reply to the meme, it calls for remedial action. Apologies tweet deleted. — Vivek Anand Oberoi (@vivekoberoi) May 21, 2019

प्रतिक्रिया दिनुहोस