वेपत्ता योद्धा स्मरण दिवस आज

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, ०९ : १६
वेपत्ता योद्धा स्मरण दिवस आज

काठमाडौं । वेपत्ता योद्दाका परिवारले आज वेपत्ता योद्दा स्मरण दिवस मनाउँदैछन् । २०५६ साल जेठ ७ गते तत्कालिन नेकपा (माओवादी)का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेवहालवाट गिरफ्तार गरी राज्यले वेपत्ता बनाएको थियो ।

त्यसयता न उनीहरुको अवस्था राज्यले सार्वजनिक गरयो, न परिवारले नै आफना परिवारका सदस्यलाई देख्न भेटन नै पाए । राष्टिय मानव अधिकार आयोगका अनुसार अहिले पनि झण्डै ७ हजार मानिसहरु राज्य तथा तत्कालिन विद्रोही तर्फवाट वेपत्ता पारिएका छन् ।

केन्द्य्रीय सदस्य न्यौपाने लगायतलाई वेपत्ता पारिएको दिनलाई प्रतिकात्मक रुपमा वेपत्ता योद्धा स्मरण दिनको रुपमा वेपत्ता परिवारले मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस