काठमाडौं । आन्तरिक राजश्व विभागले व्यवसायी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ ।
सुमार्गीले नेपाल स्याटेलाइट टेलिकमको सेयर टेलिया सोनेरालाई बिक्री गर्दा पूँजीगत लाभ वापतको कर छलेका थिए । ७ वर्ष अघिको कारोबारलाई आन्तरिक राजश्व विभागले हाल अन्तिम कर निर्धारण गरेर सूचना जारी गरेको हो ।
आयकर ऐन अनुसार कारोबारको २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था अनुरुप गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले अन्तिम कर निर्धारण गरेको थियो । १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ लाभ कर निर्धारण भएकोमा ब्याज र हर्जना समेत जोड्दा ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ जेठ २०७६, २१ : १८
लेखकबाट थप