‘परदेशीको पीडा’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १७ : ३१
‘परदेशीको पीडा’ सार्वजनिक

चितवन । गुल्मी घर भएर विगत केही वर्षदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका परदेशी युवा सर्जक गोविन्द खरालले आफ्नो पहिलो सांगीतिक कोसेली ‘परदेशीको पीडा’ सार्वजनिक गरेका छन् । 
लोकलयमा आधारित गीतलाई खरालले युट्युब च्यालन मार्फत सार्वजनिक गरेका हुन् । बाध्यताले मुग्लान पस्नुपर्ने बाध्यता रहेका आम नेपालीहरुको पीडालाई गीत मार्फत पस्किने प्रयास गरेको खरालले बताए । घरको माया हुँदा–हुँदै समेत बाध्यताले विदेशीएका नेपाली दाजुभाइको पीडा, व्यथा तथा स्वदेशमा रहेका आफन्तलाई सम्झिदै बस्नुपर्ने अवस्था गीत मार्फत पोखिएको खरेलले बताए । 
घरपरिवार, इष्टमित्रहरुको सम्झनालाई गीत मार्फत जीवन्त दिँदै मार्मिक शब्दहरुको संयोजक गरेर गीतमार्फत प्रस्तुत गरिएको हो । परदेशीको पीडा गीतको छायांकन जापानका साथै नेपालको नवलपुर र गुल्मी जिल्लामा गरिएको खरालले बताए । गीतको छायांकन नेपालमा राजेश घिमिरे तथा जापानमा संगमप्रकाश कँडेलले गरेका खरालले बताए । 
गोविन्द खरालको शब्द तथा लयमा आधारित परदेशीको पीडामा गायक सन्तु थापाको स्वर रहेको छ । कमल सौरागको संगीतमा निर्माण गरिएको गीतमा गोविन्द खराल तथा सारिका केसीको अभियन रहेको छ भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस