ऐश्वर्याको फोटो क्रप गरेर सलमान खानले सेयर गरे पुरानो तस्विर

एजेन्सी

आइतबार, ०५ जेठ २०७६, १५ : २१
ऐश्वर्याको फोटो क्रप गरेर सलमान खानले सेयर गरे पुरानो तस्विर

काठमाडौं । संजय लीला भंसालीको फिल्म ‘मलाल’ को ट्रेलर शनिबार लञ्च गरिएको छ । भंसालीको यो फिल्ममा दुई नयाँ अनुहार देखिने भएकमो छ । संजय लीला आफ्नी भाञ्जी शर्मिन सहगल र जावेद जाफरीकी छोरी मिजान जाफरीलाई लञ्च गरिरहेका छन् । ट्रेलर रिलिज भएदेखि नै दुबै नायिकाको निकै चर्चा भइरहेको छ । सलमान खानले पनि शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गर्दै उनलाई भविष्यका लागि शुभकामना दिए ।

सलमान खानले शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गरेका छन् । यद्यपी, यो तस्बिरमा प्रशंसकको ध्यान शर्मिनभन्दा कुनै अन्य व्यक्तिमा टिक्यो । ती अन्य व्यक्ति ऐश्वर्या राय हुन् जसलाई सलमानले तस्बिरमा क्रप गरेका छन् । यो तस्बिर संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सेटको हो । तस्बिरमा शर्मिन सलमानसँग आफ्नो अंकललाई केल खुवाइरहेकी छिन् ।

तस्बिर हेर्दा यस्तो लाग्छ कि फिल्मको गीत हम दिल दे चुके सनमको सुटिङको क्रममा खिचिएको हो । तस्बिरको पछाडि ऐश्वर्या राय पनि छिन् । तर उनको तस्बिर क्रप गरेर सेयर गरिएको छ ।
स्मरण रहोस्, हम दिल दे चुके सनमको क्रममा सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा थियो ।

 

Just like that, it's time now to see this beautiful little Sharmin bloom on the silver screen in her debut film, Malaal. May this new journey bring you all luck and lovehttps://t.co/NMy5nsJFT6 @sharminsegal #MalaalTrailer @bhansali_produc @TSeries pic.twitter.com/19UMiR0EzU — Salman Khan (@BeingSalmanKhan) May 18, 2019

प्रतिक्रिया दिनुहोस