भरतपुर गोल्डकपको उपाधि संकटालाई, झापा ११ तिन शुन्यले पराजित

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, २१ : ००
भरतपुर गोल्डकपको उपाधि संकटालाई, झापा ११ तिन शुन्यले पराजित

चितवन । नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ । सनिवार सम्पन्न फाईनलमा  झापा ११ लाई ३ शुन्य गोल अन्तरले पारजित गर्दै उपाधिमाथी कव्जा जमाएको हो । उपाधि विजेता संकटाले नगद ६ लाख र गोल्डकप पाएको छ । उता उपविजेतमा चित्त बुझाएको झापा ११ ले नगद ३ लाख पुरस्कार पाएको छ । 
संकटाको जितमा टिम क्याप्टेन अमित तामाङले खेलको १५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै झापाका सुमिनले दोस्रो हाफको ३७ औँ मिनेटमा आत्माघाती गोल गर्दा झापा २ शुन्यले पछिप¥यो । यस्तै अन्तिम समयमा थपिएको ४ मिनेटमा संकटाका लक्ष्मण रुचालले १ गोल थपेपछि ३ शुन्यले विजयी हुँदै संकटाले उपाधि उचाल्न सफल भयो । 
यस्तै संकटाका अमित तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले ट्रफिसहित नगद ४० हजार पाएका छन । तामाङ फाईनल खेलको म्यान अफ दि म्याच पनि बनेका थिए । उनले यसअघि नगद १० हजार पाएका थिए । 


यस्तै संकटाका गोल किप्पर राजावाबु थापा प्रतियोगिताको सर्वोत्कृट गोलकिप्पर, सर्वोत्कृष्ट स्ट्राईकर झापा ११ का निसान लिम्बु, सर्वोत्कृष्ट मिडफिल्डर झापाका संजोग राई बने भने चितवन ११ का सुदाम्स चौधरी सर्वोत्कृष्ट डिफेण्डर बने । सर्वोत्कृष्ट बन्न सफल सवै खेलाडीले ट्रफिसहित नगद २० हजार पाएका छन । प्रतियोगिताका विजेता तथा उपविजेता र सर्वोत्कृष्ट खेलाडीहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुरस्कार वितरण गरेका थिए । 
ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोगिता प्रतियोगितामा ३ विभागियसहित १२ टिमको सहभागिता रहेको थियो । खेल नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस