अमिताभको साथमा ६ फिल्म

शनिबार, ०४ जेठ २०७६, १९ : ३८
अमिताभको साथमा ६ फिल्म

काठमाडाैं । अमिताभ बच्चन फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा धेरै भयो । ७६ वर्षका अमिताभसँग अहिले पनि ठूला प्रोजेक्ट छन् । अमिताभ बच्चनको अपकमिङ फिल्म ‘चेहरे’को फस्ट लुक्स केही समयअघि सार्वजनिक भएको छ । यसलाई खुब रुचाइएको छ । यो फिल्ममा इमरान हासमी पनि छन् । फिल्म सस्पेन्स थ्रिलर हो । ‘ब्रह्मास्त्र’ फिल्म पनि अमिताभ बच्चनको साथमा छ । फिल्ममा उनका साथै रणवीर कपुर र आलिया भट्ट छन् । 

उनको साथमा अर्को फिल्म ‘झुंड’ पनि छ । फिल्ममा अमिताभ फुटबल कोचको भूमिकामा छन् । फिल्मको सुटिङ लगभग सकिएको छ । अमिताभ चाँडै नै तेलगू फिल्ममा पनि डेब्यु गर्दै छन् । उनी ‘से रा नारासिम्हा’ फिल्ममा देखिनेछन् । तमिल फिल्म ‘कंचना’को हिन्दी रिमेक पनि हुँदै छ । जसमा अमिताभ र अक्षय कुमार १३ वर्षपछि सँगै देखिँदै छन् । तर, अहिलेसम्म यसको आधिकारिक घोषणा भने भएको छैन । अमिताभको फिल्म ‘आँखे’ २००२ मा रिलिज भएको थियो । यसको सिक्वेलमा पनि अमिताभको चर्चा छ ।  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस